2026-09-19 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दंगल’ र ‘आरआरआर’ लाई उछिन्दै केजिएफ २: भारतमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्मको स्थानमा

वैशाख २२, काठमाडौं | दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ ले आमिर खानको ‘दंगल’ र एसएस राजामौलीको ‘आरआरआर’ लाई उछिन्दै भारतमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्मको स्थान बनाएको छ। यो फिल्मले हिन्दी संस्करणमा पनि सर्वाधिक कमाउने दोस्रो फिल्मको स्थान बनाएको छ। 

यीबाहेक भारतमा सर्वाधिक कमाइ गर्ने दश वटा फिल्म कुन हुन्?

१. बाहुबली २

एसएस राजामौलीको ‘बाहुबलीः द कन्क्लुजन’ ले भारतमा एक हजार तीन सय ४६ करोड ९० लाख भारतीय रुपैयाँ कमाएको थियो। यो फिल्म हालसम्म शीर्ष स्थानमा छ।

२. केजिएफः च्याप्टर २

यश स्टारर फिल्म ‘केजिएफ २’ ले प्रदर्शन भएको २० दिनमा आठ सय ९२ करोड भारु कमाएको छ। फिल्मले अझै पनि भारतीय बक्स अफिसमा राम्रो प्रर्दशन गरिरहेको छ। यो फिल्मले हिन्दी भाषामा पनि तीन सय ९१ करोड ६५ लाख कमाउँदै सर्वाधिक कमाउने फिल्मको दोस्रो स्थान आएको छ।

३. आरआरआर

एसएस राजामौलीको ‘आरआरआर’ले प्रदर्शन भएको ४० दिनमा आठ सय ८७ करोड भारु कमाएको छ। फिल्ममा राम चरण र जुनियर एनटीआरको मुख्य भूमिका छ।

४. दंगल

आमिर खानको ‘दंगल’ले भारतमा पाँच सय ११ करोड ३० लाख भारु कमाएको थियो। योसँगै फिल्म हाल सर्वाधिक कमाउनेमध्ये चौथो स्थानमा छ।

५. २.०

जनीकान्त र अक्षय कुमार अभिनित फिल्म ‘२.०’ ले भारतमा पाँच सय आठ करोड ५० लाख कमाएको थियो। सर्वाधिक कमाउने भारतीय फिल्ममध्ये यो पाँचौ स्थानमा छ। 

६. ‘बाहुबलीः द बिगिनिङ’

एसएस राजामौलीको ‘बाहुबलीः द बिगिनिङ’ भारतमा चार सय ८२ करोड भारु कमाएको थियो। फिल्ममा प्रभास, राण दग्गुवाती, तमन्ना भटियाको मुख्य भूमिका रहेको थियो। 

७. पिके

आमिर खानको अर्काे ब्लकबस्टर फिल्म ‘पिके’ ले भारतमा चार सय ५५ करोड कमाएको थियो। फिल्ममा आमिरसँगै अनुष्का शर्माको मुख्य भूमिका थियो।

८. एभेन्जर्सः एन्डगेम 

हलिउड फिल्म ‘एभेन्जर्सः एन्डगेम’ ले भारतमा मात्रै चार सय ४२ करोड ७० लाख कमाएको थियो। यो फिल्म भारतमा सर्वाधिक कमाउने आठौं स्थानमा पर्न सफल भएको छ।  

९. टाइगर जिन्दा है

सलमान खान र कट्रिना कैफको फिल्म ‘टाइगर जिन्दा हे’ ले भारतमा चार सय ३४ करोड ७० लाख कमाएको थियो। 

१०. सञ्जु

बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’ ले भारतमा चार सय ३४ करोड ३० लाख कमाएको थियो। हाल यो भारतमा सर्वाधिक कमाइ गर्ने फिल्मको १० औं स्थानमा छ। फिल्ममा सञ्जय दत्तको भूमिकामा रणवीर कपूर देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो