२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालविरुद्ध जिम्बावे टस जितेर फिल्डिङ गर्दै

२०७९, २३ बैशाख शुक्रबार ०५:३६

वैशाख २३, काठमाडौं | नेपाल र जिम्बावे 'ए' बीचको पहिलो एक दिवसीय खेल आजबाट सुरु भएकाे छ । कीर्तिपुरस्थित टियु मैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बावेले टस जितेको छ । र उसले फिल्डिङ गर्ने निर्णय लिएको छ ।

जिम्बावेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ । 


जिम्वाबेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । गत साता शनिबार नै नेपाल र जिम्बावेबीचको तीन एक दिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन । 

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन ट्वान्टी-२० शृंखला आयोजना गरेको थियो ।

तीन ट्वान्टी-२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।

नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह