१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीलाई २ महिनाभित्रै साधारण सेयर आईपीओमा कोटा दिने : अध्यक्ष हमाल

२३ बैशाख २०७९, शुक्रबार ०६:०८

वैशाख २३, काठमाडौँ | नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपालीलाई साधारण सेयर आईपीओमा कोटा दिने घोषणा गरेका छन् ।

काठमाडौंमा भएको पूँजीबजार सम्बन्धी सम्मेलनमा उनले विदेशमा रहेका नेपालीलाई कोटा दिनका लागि कार्यविधि बनिरहेको उनले बताए ।

वैदेशिक रोजगारीमा गएकाले आईपीओमा कोटा पाउने यस्तै हमालले बुक विल्डिङ विधिबाट आईपीओ निकाल्ने कामलाई अब अगाडि बनाइने बताएका छन् ।

पारदर्शितामा कसैले प्रश्न उठाउने ठाउँ  बाँकी नहुने गरी काम अघि बढाउन आफूले नेप्सेलाई निर्देशन दिइएको बताए । यसअघि बुक विल्डिङ मार्फत सेयर जारी गर्न सर्वोत्तम सिमेन्टले प्रक्रिया अघि बढाएको थियो ।

तर तत्कालीन बोर्ड अध्यक्ष र नेप्सेका कार्यकारी प्रमुखले नै सर्वोत्तमको सेयर किनेको भेटिएपछि बुक विल्डिङ प्रक्रिया नै अलपत्र छ । त्यसतर्फ इंकित गर्दै अध्यक्ष हमालले भने, ‘हामी चाहान्छौँ अब पहिलो बुक विल्डिङमा पारदर्शिताको प्रश्नै आउनु हुँदैन, रियल सेक्टरलाई हामी ल्याउछौँ ।’

आफू निजी क्षेत्रबाट नियामक निकायमा आएको भन्दै निजी क्षेत्रको विषयमा आफू सकारात्मक भएको बताए । प्रधानमन्त्री र अर्थमन्त्री समेत बजारको विकासका विषयमा सकारात्मक रहेकोले काम गर्न आफूलाई सहज रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार