Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री देउवा तनहुँ आउदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख २४, तनहुँ | </b>प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ आउदैछन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नलाई देउवा तनहुँ आउन लागेका हुन् । पहिले बुटवलमा हुने आमसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा तनहुँ आउने भएका छन् । प्रधानमन्त्री देउवा दिउँसो १ बजे तनहुँ ‌आउने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री देउवासँगै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता प्रकाशरण महतले चुनावी सभालाई सम्बोधन गर्नेछन् । पूर्वमन्त्री एवंम कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी पनि चुनावी कार्यक्रमका लागि गृह जिल्लामै छन् ।&nbsp;<br></p><p>कांग्रेस बरिष्ठ नेता पौडेलको गृह जिल्ला तनहुँमा यसपाली नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका&nbsp; पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहले एमालेसँग तालमेल गरेर निर्वाचन लड्दैछन् । कांग्रेसको पकड मानिएको व्यास नगरपालिकामा जोशीपुत्र दिपकराज जोशी एमालेसँगको तालमेलमा मेयरमा लड्दैछन् ।</p><p>&nbsp;</p>