१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमणको जोखिम बढ्यो, मतदानकाे दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

२५ बैशाख २०७९, आईतवार ०७:५८

वैशाख २५, काठमाडौ | ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो । 

निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ । 

निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा नियमित खोप अभियान सञ्चालन हुने भएकोले सबैलाई सकेसम्म चाँडो कोभिड १९ विरुद्ध खोप लगाउन समेत मन्त्रालयले अनुरोध गरेको छ । 

छिमेकी मुलुकहरूमा पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत रहन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । छिमेकी मुलुकहरूमा संक्रमण बढ्दै जाँदा  नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन मन्त्रालयले सबैमा अनुरोध गरेको हो । 

पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ । त्यस्तै उत्तरी छिमेकी देश चीनमा समेत कोरोना संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा सबैले सचेतना अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बताइन् । 

स्थानीय तह निर्वाचनका लागि भीडभाड बढी हुने भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाएर मात्र चुनावी गतिविधि गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार