२९ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिका: प्रतिष्ठाको मत माग्दै समाजवादी, कांग्रेसले इमान्दारिताको दाग मेट्ला ?

२६ बैशाख २०७९, सोमबार ०५:५६

वैशाख २६, धादिङ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि धादिङको ज्वालामुखी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनले उम्मेदवार उठाएको छ । यसका अलावा ७ वडा रहेको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ७ बाहेक अन्य वडाहरुमा गठबन्धन बिनै चुनावी प्रतिष्पर्धा हुने भएको छ । 

ज्वालामुखीको प्रमुख पदमा नेपाली कांग्रेसले गठबन्धनबाट उम्मेदवार उठाउँदै गर्दा उसको प्रतिष्पर्धा नेकपा एमालेका उम्मेदवारसँग हुनेछ । त्यस्तै गठबन्धनबाट पालिकाको उपप्रमुखमा एकीकृत समाजवादीको उम्मेदवार उठाइएको छ । गाउँपालिकामा गठबन्धन दलहरुले इमान्दारिताका साथ प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुलाई मतदान गरे दुवै पद जित्न सक्ने दावी छ । त्यसो त यस अघिको स्थानिय तह निर्वाचनमा यस पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले प्रमुख र उपप्रमुख पदमा गठबन्धन गरेरै निर्वाचन लडेका थिए । तर नतिजा आउँदा कांग्रेस उम्मेदवार गाउँपालिकाको प्रमुख बन्न पुगे भने माओवादीका उम्मेदवार पराजित हुन पुगे । जसको फाइदा नेकपा एमालेले लियो ।  यो पटक पनि त्यस्तै इतिहाँस दोहिरिनेमा एमाले खेमा आशावादी छन् । 

गठबन्धनले एमालेसँग प्रतिष्पर्धा गर्दै-गर्दा यस पटक पनि अघिल्लो निर्वाचनकै नतिजा दोहिरिन सक्ने विश्लेषण भएको छ तर यो पटक त्यस्तो हुन नदिने कांग्रेस सहित गठबन्धन दलहरुको जोड छ । अघिल्लो निर्वाचनमा माओवादीसँग मिलेर निर्वाचनमा उत्रिएको कांग्रेसलाई माओवादीको मतले बिजयी बनाएको तर कांग्रेसले गठबन्धनको मर्यादा बिपरित उपप्रमुख पदमा उम्मेदवार बनेको माओवादीको मतचिन्ह हसिया हथौडामा मतदान नगरेको कारण माओवादीका उम्मेदवार पराजित बनेको आरोप कांग्रेसलाई छ । यस सम्बन्धमा कांग्रेस अर्को पार्टीलाई मतदान गर्न इमान्दार नबनेको आरोप लगाइएको अवस्थामा उक्त दाग यो पटक मेट्न प्रतिबद्धतामा निर्वाचनमा होमिदैछ । यस पालिकामा गठबन्धनका उम्मेदवारहरुलाई माओवादी केन्द्रले समेत मतदान गर्नेछ । 

प्रतिष्ठाको मत माग्दै समाजवादी र माओवादी केन्द्र 

ज्वालामुखी गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धन बनेपनि वडा तहमा भने गठबन्धन पार्टीहरु एक्लाएक्लै भिड्ने भएका छन् । यस क्रममा कांग्रेस-एमाले र समाजवादीबीच प्रतिश्पर्दा हुने भएको छ । ७ नम्बर वडामा गठबन्धन दलहरु मिलेपनि अन्य ६ वडामा कांग्रेस, समाजवादी र माओवादी केन्द्र छुट्टा-छुट्टै भिड्दैछन् । यस्तो अवस्थामा केहि वडामा कांग्रेस र एमाले उम्मेदवारहरुको प्रतिष्पर्धा हुनेछ भने केहिमा समाजवादी समेत कांग्रेस एमालेको प्रतिष्पर्धी बन्नेछन् । एमाले र कांग्रेससँग तुलानात्मक रुपमा कमजोर रहेको वडामा भने समाजवादी र माओवादीले आफ्नो बलियो अवस्था देखाउन चाहिरहेका छन् । एक स्थानिय नेताले भने 'गठबन्धन रहेको ठाउँमा त्यसै अनुसार मत हाल्न दुईमत भएन तर वडामा एक्लै लड्दा आ-आफ्नो चुनाव चिन्हमा मतदान गरिन्छ ।' ति स्थानिय नेताका अनुसार आफ्नो समर्थनमा रहेका मतदातालाई बहकाउन नजित्ने पार्टीमा किन मतदान गर्ने भन्ने प्रचार गरिएको छ । ति नेताले भने 'गठबन्धन नगरी वडामा एक्ला-एक्लै लड्दा वडामा आफ्नो प्रतिष्ठा जोगाउन भएपनि आफ्नै मतचिन्हमा मतदान गर्न भनेका छौं ।' गठबन्धन नभएका वडाहरूमा कांग्रेस वा एमालेलाई मत दिदा आफ्नै पार्टीमा कम जनमत देखिने, पार्टी कमजोर बन्ने र धेरै मत पाएकै पार्टीबाट हेपाई सहनुपर्ने भन्दै आफ्नो बलियो उपस्थिति देखाउनकै लागि भने पनि आफ्नै उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने समाजवादी र माओवादी केन्द्रका स्थानिय नेताहरुको भनाई छ । 

यस अघिको निर्वाचनहरुमा माओवादीको बाक्लो स्थिति देखिएपनि साविकका वडाहरुलाई नेतृत्व गरेका माओवादी नेताहरुको स्वार्थ तथा निर्वाचनको बेला बिभिन्न दलतिर लाग्दा माओवादी कमजोर बन्दै गएर सानो संख्यामा खुम्चिदा  पछिल्लो समय 'कति छ र माओवादी ?' भन्ने प्रश्नको हेपाई खानु परेको स्थानिय माओवादी नेताहरुको तर्क छ । यस पटकको निर्वाचनमा पनि हारको मानसिकता बोकेर प्रतिष्पर्धी दलका उम्मेदवारहरुलाई मतदान गर्दा पार्टीनै कम्जोर हुने र हेपाई सहनुपर्ने समाजवादीका नेताहरुको तर्क छ । त्यसैले जति सकिन्छ आफ्नो पक्षमा मत ल्याएर पार्टीको बलियो उपस्थिति देखाउन माओवादी केन्द्र र एकीकृत समाजवादी लागी पर्नुपर्ने बहश गाउपालिका अन्तर्गत वडाहरुमा चलेको छ । 

यता एमाले भने वडा तहमा गठबन्धन तोडिएर एक्लाएक्लै लड्दा त्यसको फाइदा आफूहरुलाई हुनेमा ढुक्क देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले खुकुरी प्रदान गरे