२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनामा २ जनाको मृत्यु, २६ जना घाइते

२०७९, २६ बैशाख सोमबार ०६:४२

वैशाख २६, काठमाडौं | उदयपुर, कैलाली र सिन्धुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । 

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित सडकमा प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–१ जोगिदह बस्ने २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कैलालीको भजनी नगरपालिका–६ भजनी जोशीपुर सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको आइतबार राति प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचार क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सिन्धुलीको तिनपाटन गाउँपालिका–११ आकासे भन्ने स्थानमा प्रदेश २ –०३०००१ त ४६७० नम्बरको ट्रयाक्टर आइतबार दुर्घटना हुँदा ट्याक्टर चालकसहित २५ जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते भएकामध्ये  ९ जनाको प्राथमिक स्वास्थ्य चौकी लाम्पान्टारमा र ११ जनालाई थप उपचारका  लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको छ । पाँच जना उपचार पश्चात डिश्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल