भदौ १६, रुकुम । स्थानीय तह पुनर्संचरना गर्दा रुकुममा ६ वटा गाउँपालिका अप्राप्त हुने भन्दै नेपाली काँग्रेस रुकुमले ११ वटा वनाउन माग गरेको छ । 

जिल्ला कार्य समिति बैठकले रुकुममा स्थानीय तह पुनर्संचरना आयोगले ६ वटा मात्र गाउँपालिका बनाउन भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, रुकुम । स्थानीय तह पुनर्संचरना गर्दा रुकुममा ६ वटा गाउँपालिका अप्राप्त हुने भन्दै नेपाली काँग्रेस रुकुमले ११ वटा वनाउन माग गरेको छ । 

जिल्ला कार्य समिति बैठकले रुकुममा स्थानीय तह पुनर्संचरना आयोगले ६ वटा मात्र गाउँपालिका बनाउन भ"/>

2026-09-18 08:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा ११ गाउँपालिका बनाउन काँग्रेसको माग

भदौ १६, रुकुम । स्थानीय तह पुनर्संचरना गर्दा रुकुममा ६ वटा गाउँपालिका अप्राप्त हुने भन्दै नेपाली काँग्रेस रुकुमले ११ वटा वनाउन माग गरेको छ । 

जिल्ला कार्य समिति बैठकले रुकुममा स्थानीय तह पुनर्संचरना आयोगले ६ वटा मात्र गाउँपालिका बनाउन भने पनि त्यो अप्राप्त हुने भएकाले ११ वटा गाउँपालिका बनाउनु पर्ने अवधारणा सार्वजनिक गरेको हो । 

२ दिन सम्म मुसिकोट खलंगामा बसेको बैठकले अहिले रुकुममा रहेका ११ वटा इलाकाहरुलाई नै गाउँपालिका बनाउनुपर्ने माग गरेको हो । जनतालाई सहजरुपमा सेवा दिन अहिलेको भन्दा पनि टाढा हुन नदिन र सबैलाई संघियताको अनुभुति गराउन अहिलेका इलाकालाई नै गाउँपालिका बनाउनुपर्ने निर्णय गरेको काँग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले बताउनुभयो । 

६ वटा मात्र गाउँपालिका बनाउँदा स्थानीय स्तरमा एक आपसमा चर्काे विवाद हुनुका साथै अहिले भोगचलन गरीरहेको वनजङगल, खानेपानी, सिंचाई लगायतमा समेत विवाद हुने र स्थानीय स्तरमा सेवा लिनको लागि पनि समस्या हुने भएकाले ईलाकाहरुलाई नै गाउँपालिका बनाउँदा सर्वसाधारणलाई सेवा पाउन सहज हुनुका साथै विवाद नहुने र सहमति हुन पनि कुनै समस्या नहुने काँग्रेसको ठहर छ ।

बैठकमा २ वटै निर्वाचन क्षेत्र, ईलाका तथा गाउँ स्तरमा पार्टीको अवस्थाको बारेमा जिल्ला सदस्य तथा क्षेत्रिय सदस्यहरुले धारणा राखेका थिए । 

सभापति प्रेमप्रकाश ओलीको अध्यक्षतामा भएको वैठकमा पूर्व राज्य मन्त्री गोपालजिङ्ग शाह, पूर्व सहायक मन्त्री केशरमान रोका, पूर्व जिल्ला सभापति मानबहादुर नेपाली, महासमिति सदस्य कृष्णबहादुर रोकाय लगायतका नेताहरुले समसामुहिक राजनीतिक अवस्था र पार्टीले अबका दिनमा खेल्नुपर्ने भुमिका लगायतका बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई