<p><b>वैशाख २६, काठमाडौँ | </b>श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका र सरकार समर्थकबीच झडप भएपछि प्रहरीले सोमबार कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।<br></p><p>समाचार एजेन्सी एएफपीले झडपमा कम्तीमा २० जना घाइते भएको जनाएको छ। एएफपीका अनुसार अप्रिल ९ देखि राष्ट्रपतिको कार्यालयबाहिर शिविरमा बसेका निशस्त्र प्रदर्शनकारीहरूलाई लाठीलगायत प्रयाेग गरेर राजापाक्षे समर्थकहरूले आक्रमण गरेका थिए ।</p><p>सरकार विरोधी प्रदर्शनकारीहरूले बनाएको टेन्ट र अन्य संरचनाहरू भत्काउन प्रहरीको लाइन तोड्ने सरकार समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार पनि गरेको थियो।</p>
May 9, 2022
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
श्रीलङ्काकामा प्रदर्शनकारी र सरकार समर्थकबीच झडप भएपछि प्रहरीले लगाए अनिश्चितकालीन कर्फ्यु
By साझासवाल
2 मिनेट पढाइ










