2026-09-19 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ट्वीटरले लगाएको प्रतिबन्ध हटाउने बताए

वैशाख २८, काठमाडौँ | टेस्लाका मालिक एलन मस्क पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ट्वीटरले लगाएको स्थायी प्रतिबन्ध हटाउने बताएका छन् ।

गत महिना ट्वीटर किन्ने सम्झौता अघि बढाएका मस्कले सफलता पूर्वक ट्वीटर किनिसके भने प्लेटफर्मबाट डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई उल्टाउने बताएका हुन्। मस्कले ट्वीटर किनिसक्न अझैं दुईतीन महिनासमय लाग्ने छ ।

फाइनान्सियल टाइम्सको फ्यूचर अफ द कार सम्मेलनमा बोल्दै मस्कले पूर्व अमेरिकी राष्ट्रपतिलाई प्रतिबन्ध लगाउने ट्वीटरको निर्णय नैतिक रूपमा गलत र मूर्खतापूर्ण भएको बताए ।

सन् २०२१ को जनवरीमा ट्वीटरले ट्रम्पको खाता स्थायी रूपमा निलम्बन गरेको थियो । हिंसा थप उक्साउने किसिमको टिप्पणी गरेको भन्दै ट्वीटरले ट्रम्पको अकाउन्ट निलम्बन गरेको थियो ।

मस्कले भनेका छन्, ‘म स्थायी प्रतिबन्धलाई उल्टाउनेछु तर मसँग ट्वीटरको स्वामित्व छैन त्यसैले यो निश्चित रूपमा हुने कुरा होइन ।’

उनले प्रतिबन्धले ट्रम्पलाई मौन नबनाएर आफ्नै ट्रुथ सोशल साइट खोल्न बाध्य गरेको र यसले अति दक्षिणपन्थीहरूमाझ उनको आवाजलाई झन बढाएको बताएका छन् ।

यस्तै उनले ट्रम्पले ट्वीटरको खाता फुकुवा गरिए पनि ट्वीटरमा नफर्किने भनेको कुरालाई समेत स्मरण गराएका छन् । मस्कले स्थायी प्रतिबन्ध ठगी गर्ने र बुट अकाउन्टका लागि गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ