१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ट्वीटरले लगाएको प्रतिबन्ध हटाउने बताए

२८ बैशाख २०७९, बुधबार ०५:०२

वैशाख २८, काठमाडौँ | टेस्लाका मालिक एलन मस्क पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ट्वीटरले लगाएको स्थायी प्रतिबन्ध हटाउने बताएका छन् ।

गत महिना ट्वीटर किन्ने सम्झौता अघि बढाएका मस्कले सफलता पूर्वक ट्वीटर किनिसके भने प्लेटफर्मबाट डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई उल्टाउने बताएका हुन्। मस्कले ट्वीटर किनिसक्न अझैं दुईतीन महिनासमय लाग्ने छ ।

फाइनान्सियल टाइम्सको फ्यूचर अफ द कार सम्मेलनमा बोल्दै मस्कले पूर्व अमेरिकी राष्ट्रपतिलाई प्रतिबन्ध लगाउने ट्वीटरको निर्णय नैतिक रूपमा गलत र मूर्खतापूर्ण भएको बताए ।

सन् २०२१ को जनवरीमा ट्वीटरले ट्रम्पको खाता स्थायी रूपमा निलम्बन गरेको थियो । हिंसा थप उक्साउने किसिमको टिप्पणी गरेको भन्दै ट्वीटरले ट्रम्पको अकाउन्ट निलम्बन गरेको थियो ।

मस्कले भनेका छन्, 'म स्थायी प्रतिबन्धलाई उल्टाउनेछु तर मसँग ट्वीटरको स्वामित्व छैन त्यसैले यो निश्चित रूपमा हुने कुरा होइन ।'

उनले प्रतिबन्धले ट्रम्पलाई मौन नबनाएर आफ्नै ट्रुथ सोशल साइट खोल्न बाध्य गरेको र यसले अति दक्षिणपन्थीहरूमाझ उनको आवाजलाई झन बढाएको बताएका छन् ।

यस्तै उनले ट्रम्पले ट्वीटरको खाता फुकुवा गरिए पनि ट्वीटरमा नफर्किने भनेको कुरालाई समेत स्मरण गराएका छन् । मस्कले स्थायी प्रतिबन्ध ठगी गर्ने र बुट अकाउन्टका लागि गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार