पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २८, नयाँ दिल्ली | एजेन्सी | दक्षिणी भारतीय राज्य केरलाका धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको छ । सिगेला ब्याक्टेरियाको कारणले गर्दा फुड पोइजोनिङका घटना बढिरहेका बेला धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको हो ।

दुर्लभ भाइरल रोगका कारण केरलाका पाँच वर्षमुनिका ८० प्रतिशत बालबालिका प्रभावित भएका छन् । केरलाको एउटा जिल्लामा टमाटर फ्लू फैलिएपछि त्यसविरुद्ध लड्न तमिलनाडु र केरलाको सीमामा रहेको वालेरमा चिकित्सकहरूको टोलीले ज्वरो, दाग र अन्य रोग जाँच गर्ने भएको छ ।

के हो टमाटर फ्लू ?

टमाटर फ्लूका कारण दाग, छालाको जलन र डिहाइड्रेसन हुन्छ । टमाटर फ्लू भारतमा सबैभन्दा गलत निदान गरिएको संक्रमण हो । फ्लूको नाम टमाटरको आकारको छाला उत्पन्न हुने रोगबाट भएको हो ।

लक्षणहरू

बालबालिकाको छालामा जलन, बिमिरा आउनु, हात र खुट्टामा रातो दाग देखिनु यस रोगका लक्षण हुन । त्यस्तै भाइरस लागेका बालबालिकामा ज्वरो आउने, निर्जलीकरण हुने, खोकी तथा चिसो महसुस हुने र पखाला लाग्ने यसका लक्षण हुन् ।