2026-09-19 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिटै रिलिज हुने भनिएको अक्षय कुमारको फिल्म पृथ्वीराज चर्चामा

वैशाख २९, काठमाडौँ | बलिउड अभिनेता अक्षय कुमारको फिल्म पृथ्वीराजको रिलिजलाई लिएर चर्चामा छ । दर्शकले लामो समयदेखि फिल्म पृथ्वीराजको ट्रेलरको प्रतिक्षा गरेका थिए । चलचित्रको ट्रेलर सार्वजनिक भएसंगै चलचित्रलाई लिएर दर्शकमा उत्साह बढेको छ । फिल्म ३ जुन २०२२ मा सिनेमाघरहरूमा रिलिज हुने भएको छ।

फिल्मको ट्रेलरमा अक्षय कुमार र मानुषी छिल्लर देखिएका छन् । चलचित्र धेरै अघि रिलिज हुने भनिएको थियो तर कोरोना महामारी र लकडाउनका कारण चलचित्रको मिति पटक पटक सारिएको छ । अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ घोषणाको समयदेखि नै चर्चामा छ । विवादमा फसेको फिल्म अहिलेसम्म रिलिज हुन सकेको छैन ।

जसलाई उद्धृत गर्दै सुदर्शन न्युजका प्रधान सम्पादक सुरेश चव्हाणकेले ट्विट गर्दै लेखेका छन्, ‘अक्षय जी, यो फिल्मको नाममा ‘सम्राट’ थपेर सम्राट पृथ्वीराज बनाउनुहोस्, जसरी तपाईंले पाठमा लेख्नुभएको छ । पृथ्वीराजलाई मात्र लेख्नु भनेको संसारकै महान् सम्राटको घोर अपमान हो । पृथ्वीराज होइन, सम्राट पृथ्वीराज।

त्यसपछि फिल्मलाई लिएर सामाजिक सञ्जालमा विवाद सुरु भएको छ । एक प्रयोगकर्ताले यो फिल्ममा अरु पनि धेरै गल्ती भएको लेखेका छन्, फिल्म हेरेपछि थाहा हुन्छ कि मुगलहरुको तारिफ भएको हो कि पृथ्वीराज जीको । यसबाहेक एक जनाले लेखेका छन् कि चक्रवर्ती सम्राट भनेर कसलाई चिनिन्छ ? जसले सारा पृथ्वीलाई आफ्नो राज्यमा राख्छ।

फिल्ममा अक्षय कुमार सम्राट पृथ्वीराज चौहानको भूमिकामा देखिएका छन् भने मानुषी छिल्लर राजकुमारी संयोगिताको भूमिकामा देखिएका छन् । फिल्म हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा रिलिज हुँदैछ । फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । सामाजिक सञ्जालमा यो फिल्मको ट्रेलरलाई मानिसहरुले निकै तारिफ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो