2026-11-05 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंगल ग्रहमा भेटियो एलियनको घरको ढोका

वैशाख २९, काठमाडौँ | मंगल ग्रहमा प्रायः अनौठो चीजहरू पत्ता लगाइन्छ। पछिल्लो समय अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोभरले ढुङ्गामा वर्गाकार बाटो देखेको छ । ढुङ्गा काटेर भित्र बाटो बनाएको जस्तो लाग्छ । यो ढोका भित्र के छ अहिले थाहा छैन। तर, हेर्दा यो भित्र कुनै प्राणी बसेको जस्तो देखिन्छ । नासाको यो तस्विर निकै अचम्मको छ ।

यो तस्बिर ७ मे २०२२ मा मार्स क्युरियोसिटी रोभरको मास्टक्यामले खिचेको हो। तस्विर श्यामश्वेत खिचिएको थियो जसलाई पछि नासाका वैज्ञानिकहरुले रंगीन बनाएका थिए । सुरुमा नासाका वैज्ञानिकहरूले मंगल ग्रहको केन्द्रसम्म पुग्ने बाटो पत्ता लागेको बताएका थिए । पछि उनीहरूले यो कुनै सानो विदेशीको घरको ढोका हो वा त्यहाँ सुरुङ छ भनेका छन् ।

मंगल ग्रहमा गएको भूकम्पका कारण ढुङ्गा भाँचिएर यो आकार बनेको हो भन्ने केही वैज्ञानिकहरुको विश्वास छ । केहीले यो कुनै प्रकारको दबाब वा ढुङ्गाहरूमा रहेको तनावको परिणाम हो भनेका छन् । किनभने यसै वर्ष मे ४ मा मंगल ग्रहमा सबैभन्दा डरलाग्दो भूकम्पको जानकारी आएको थियो । भूकम्पका कारण यो ढुंगामा यस्तो बाटो बनेको हुनसक्छ ।

केही वैज्ञानिकहरूले विश्वास गर्छन् कि यो ढुङ्गाको बीचमा बनेको खाडल हो, जुन रातो माटोले भरिएको थियो। भूकम्पका कारण माटो भत्किएको थियो र यो ढोका देखिन थाल्यो। यो तस्वीरबाट यसको सही आकार पत्ता लगाउन गाह्रो छ।

यो ढोका भेटिएको ठाउँलाई ग्रीनहेग पेडिमेन्ट भनिन्छ। जसको तस्बिर ७ मे २०२२ मा क्युरियोसिटी रोभरको मास्टक्यामले खिचेको थियो। नासाले विगत केही वर्षमा मंगल ग्रहमा ल्यान्डर र रोभरले निकै अनौठो र शानदार फोटो खिचेको बताएको छ । यी तस्विरहरूमा हिउँले भरिएका खाल्डाहरू, विभिन्न आकारका ढुङ्गाहरू , खाली पहाडहरू र अन्य धेरै छन्।

सामान्यतया मानिसहरूले यस प्रकारको खोजलाई एलियनहरूसँग जोड्छन्। यद्यपि नासाले यस्ता समाचारबाट टाढा रहनुपर्ने बताएको छ । छानबिन नभएसम्म कुनै पनि कुराको हल्ला फैलाउनु उचित होइन । गत वर्ष, चीनको युटू-२ रोभरले चन्द्रमामा वर्गाकार घन आकारको आकृति देखेको थियो। जसलाई एलियन्स हट भनिन्थ्यो । अनुसन्धानपछि ढुङ्गा मात्रै भएको पत्ता लाग्यो । उज्यालोको कारण, यसको घनजस्तै आकार झुपडी जस्तो देखिन्थ्यो।

त्यसैले मंगल ग्रहमा भेटिएको यो एलियन कुटीको ढोका पनि अनुसन्धानपछि अर्कै भएको हुनसक्छ । त्यतिन्जेल नासाले यस्ता तस्विरको मजा लिन आग्रह गरेको छ । किनभने मंगल ग्रहमा मानिसलाई थाहा नभएका धेरै कुरा छन् । यस्ता कुराहरुको अनुसन्धान निरन्तर चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट