२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

३० बैशाख २०७९, शुक्रबार ०१:३२

वैशाख ३०, काठमाडाैं | ३० वैशाख, २०७९ शुक्रबार । तद्नुसार मे महिनाको १३ तारिक २०२२ । वैशाखशुक्लपक्ष द्वादशी, प्रदोष व्रत, हस्त नक्षत्र, व्रज योग, चन्द्रमा कन्या राशिमा छ ।

आज बिहान सूर्योदय ५ः१६ मा भएकाे छ भने सूर्यास्त ६ः४५ मिनेटमा हुनेछ । आजको दिन विदेश यात्राका लागि शुभ हुनेछ । आजका देवता वरुण र ग्रहदेव चन्द्र हुन् । शुक्रबार यात्रा गर्दा शुभ हुनेछ । आज देवालय र शिवालयको यात्रा पनि शुभ मानिन्छ । आज ११ः३४ देखि १२ः३४ सम्मसम्मको समय अत्यन्त शुभ समय मानिन्छ ।  

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । प्रदोष पनि भएकाले सोचेअनुसार काम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा अर्थलाभ हुँदा मनमा खुसियाली हुनसक्छ । सकारात्मक हुन जरुरी छ । आजको दिन नियमित कामबाहेक अन्य काममा त्यति ध्यान नदिनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच राखेर  मात्र काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । तपाईमाथि लाग्ने आरोपको विषयमा धेरै विवाद नगर्नु नै बेस हुनेछ ।

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकका लागि आजको दिन आर्थिक र सामाजिक समस्याले  मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला । घर परिवारमा समेत सामान्य कुरामा पनि विवाद हुनसक्छ । त्यसैले आफ्नो नियमित कामबाहेक अन्य काममा त्यति धेरै चासो नदिदा राम्रो हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । विहानको सूर्योदयको दर्शन गरेर मात्र दिनको कामको शुरुवात गर्नुभयो भने सफलता मिल्नेछ । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईकैे काम र व्यवहारका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको  धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ । कुमारी मन्दिरको दर्शन वा कुमारी कज्यालाई भोजन र बस्त्र दान दिनुभयो भने उत्तम हुनेछ। चन्द्रमाको साथ रहेको छ । त्यसैले आज विहान सूर्योदयको दर्शन गर्नु उत्तम मानिन्छ।   

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । सकारात्मक सोच र अध्ययन अनुसन्धानको काममा लाग्नु वेश हुनेछ । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।  बालक, बृद्धलाई भोजन र वस्त्र दान दिनुभयो भने उत्तम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातका लागि पनि ग्रह बलिया भएका छन् । आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । लामो यात्राको लागि निस्कनु अघि घरमा पूर्व पर्खेर, माता र कन्याको हातमा दक्षिण दिएर मात्र यात्राको शुरुवात गर्नुहोला ।   

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : विगतमा तपाईंले गरेको कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । आफ्नो व्यवसाय भएको ठाउमा रहेको लक्ष्मीमाताको मन्दिरको सरसफाई गर्नुहोला । व्यापारबाट सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । विदेश यात्रा जानेहरुको लागि खुसीको खबर मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ ।  विदेश यात्रा गर्ने सोच राख्नुभएको छ भने त्यस काममा लाग्नुहोला । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने थप शक्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन मनमा प्रसन्नता छाउने छ । विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । प्रदोष समेत भएकाले साँझ शिवालयमा गएर आरती गर्ने र आरतीको दर्शनमात्रले तपाईको मनमा सकारात्मक उर्जा थपिने छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान