२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दीपकराज जोशीलाई उपचारका लागि पोखरा लगियो

३० बैशाख २०७९, शुक्रबार १३:२०

वैशाख ३०, तनहुँ | व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । दमौली अस्पतालमा सामान्य उपचार पश्चात् पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

‘केही मिनेट अगाडी मात्र दमौली अस्पतालको एम्बुलेन्समार्फत पोखरा पठाइएको छ’, उनले भने । प्रहरी निरीक्षक अधिकारीका अनुसार जोशीको आँखाको माथिपट्टी टाउकोमा चोट लागेको छ ।

जोशीलाई सुरुमा उपचारका लागि काठमाडौं लाने भनिएको थियो । एकातिर मौसम बिग्रेको र अर्कोतिर हेलिकोप्टर नपाएपछि एम्बुलेन्समार्फत पोखरा लगेको बुझिएको छ । 

व्यास नगरपालिका–८ रिस्तीमा रिस्ती गाविस भवन मतदान केन्द्रको निरीक्षणमा गएका जोशीलाई कांग्रेसका कार्यकर्ताले कुटपिट गर्दा उनी घाइते भएका थिए । यो वडा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह वडा हो । कांग्रेस कार्यकर्ताले जोशीलाई कुटपिट गर्नुका साथै उनी चढेको बा१५च ६०२८ नम्बरको स्कारपियो तोडफोड गरेका छन् ।

नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले व्यास नगरपालिकामा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको थियो । घाइते जोशी गोविन्दराज पुत्र हुन् ।

मतदानस्थलमा एजेन्ट किन छैन भनेर मतदान अधिकृतसँग सोध्दा आफूमाथि एकैचोटी हमला भएको जोशीले बताए । मतपत्र च्यातेपछि हातपात भएको कांग्रेसका कार्यकर्ताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ