वैशाख ३१, तनहुँ | तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार श्रीप्रसाद श्रेष्ठको अग्रता कायमै रहेको छ । एक हजार ७०० मत गन्दा श्रेष्ठले ८२६ मत पाएका छन् । एमालेकी उपाध्यक्षकी उम्मेद्वार रत्ना घिमिरेले ६५८ मत पाएकी छन् ।
कांग्रेसबाट अध्यक्षकी उम्मेद्वार मायादेवी रानाले ५९८ र उपाध्यक्षका उम्मेद्वार बालकृष्ण घिमिरेले ७०८ मत प्राप्त गरेका छन् । कांग्रेसका राना र घिमिरेले दोस्रो कार्यकाल दोहोर्याउने दाउमा उम्मेद्वारी दिएका हुन् ।