२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवाको चार पालिकामा मतगणना जारी, कांग्रेसको अग्रता

३१ बैशाख २०७९, शनिबार ०७:४०

वैशाख ३१, रसुवा | शुक्रबार सम्पन्न स्थानीय तहको निवार्चनको रसुवामा मतगणना जारी छ । जिल्लाकाे पाँचवटा गाउँपालिकामध्ये चार वटाको मतगणना चलिरहेको छ । शनिबार बिहान ११ बजेसम्मको तथ्यांकअनुसार आमाछोदिङ्मो, नौकुण्ड र उत्तरगयामा नेपाली कांग्रेस तथा कालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

कालिका गाउँपालिकामा आठ सय मत गन्दा अध्यक्षमा चार सय २७ मतसहित माओवादी अगाडि छ भने एक सय ६२ मत ल्याएर कांग्रेसले पछ्याइरहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसको दुई सय ९६ र नेकपा एमालेको एक सय ६१ मत छ ।

नौकुण्डमा अध्यक्षमा तीन सय ३० मतका साथ कांग्रेस पहिलो र एक सय २७ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा जनता समाजवादी पार्टीको दुई सय १० र नेकपा एमालेको ७१ मत छ । उत्तरगयाको अध्यक्षमा चार सय ३३ मतका साथ कांग्रेस पहिलो, तीन सय ९५ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा कांग्रेसको चार सय ३८ र एमालेको चार सय १२ मत आएको छ ।

आमाछोदिङ्मो गाउँपालिकामा तीन सय ४९ मत सहित कांग्रेस पहिलो र दुई सय ५८ मतका साथ एमालेका अध्यक्ष दोस्रो छन् । उपाध्यक्षमा दुई सय ६४ मतका साथ माओवादी पहिलो र दुई सय ३४ मतका साथ एमाले दोस्रो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ