२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा माओवादीको अग्रता

३१ बैशाख २०७९, शनिबार ०८:३६

वैशाख ३१, तनहुँ | तनहुँको दुई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम राखेका छन् । बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा माओवादीका उम्मेदवारहरूले अग्रता कायम गरेका हुन् । 

बन्दीपुरमा एक हजार चार सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार पूर्णसिं थापाले चार सय ७३ र उपाध्यक्ष करुणा गुरुङले चार सय ३८ मत पाएका छन् । 

नेकपा एमालेका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर थापाले तीन सय ९६ मत पाएका छन् । यहाँ एमालेले कांग्रेसबाट कारवाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गरेका छन् । जोशी समूहबाट स्वतन्त्र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी केशमाया गुरुङले दुई सय १३ मत पाएकी छिन् ।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार ध्रुवलाल प्रधानले तीन सय ९८ र उपाध्यक्षकी उम्मेदवार पञ्चमाया गुरुङले चार सय ६१ मत पाएकी छिन् । 

यस्तै, आँबुखैरेनी गाउँपालिकाको माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार शुक्र चुमानले एक सय, उपाध्यक्षकी उम्मेदवार दुर्गा अर्यालले ७५ मत पाएकी छन् ।  नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार गीरबहादुर थापाले ४३ र उपाध्यक्षका उम्मेदवार पवित्रा गौलीले  ४४ मत पाएकी छिन् । 

एमालेका अध्यक्षका उम्मेदवार ऋषि केसीले ३० र उपाध्यक्षकी उम्मेदवार मीना अधिकारीले ५२ मत पाएकी छिन् । आँबुखैरेनीमा दुई सय  मतगणना भएको छ ।

शुक्लागण्डकी नगरपालिकामा पनि मतगणना सुरु भएको छ । मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डितले अग्रता सुरु गरेका छन् । वडा नम्बर १ को सय मतगणना हुँदा पण्डितले ४९ मत पाएका छन् । यहाँ कांग्रेस र माओवादीको गठबन्धन छ । उपमेयरका उम्मेदवार माओवादी केन्द्रका खुमबहादुर विक (राजु) ले २९ मत पाएका छन् । 

नेकपा एमालेका मेयरका उम्मेदवार मुक्ति तिम्सिनाले ४५ र उपमेयरकी उम्मेदवार फुलमाया वाग्लेले ४५ मत पाएकी छन् । यस्तै, वडाध्यक्षमा नेपाली कांग्रेसका रवीचन्द्र पौडेलले ५० र एमालेका रघुनाथ पौडेल ४५ मत पाएका छन् । शुक्लागण्डकी नगरपालिकाको चार स्थानबाट मतगणना हुँदैछ ।  १२ बजेपछाडि मतगणना थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ