वैशाख ३१, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ को मतगणना जारी छ । जारी मतगणनाको ताजा मत परिणाम अनुसार पालिका अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरि राम लोहनीले १९४ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार यामनाथ दनैले २४६ मत पाएर अग्रता लिएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष पदमा एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीको अग्रतालाई उछिन्दै एकीकृत समाजवादीका उम्मेदवार धर्म बहादुर अर्यालले १७० मत प्राप्त गरेका छन् । यहाँ एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीले १६४ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी थापा मगरले १०२ मत प्राप्त गरेकी ज्वालामुखीबाट ध्रुब अधिकारीले जानकारी दिएका छन् ।

ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ स्थित वडा अध्यक्ष पदमा एमालेका कृष्ण गिरीले १७६ मत पाउँदा कांग्रेसका उम्मेदवार ईश्वर आलेमगरले १६५ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवार राम प्रसाद सिलवालले १४९ मत प्राप्त गरेका छन् ।

May 14, 2022
धादिङ्ग - DHG, राजनीति
ज्वालामूखी गाउँपालिकाको ताजा मतपरिणाम: कांग्रेस र समाजवादीको अग्रता
By साझासवाल
3 मिनेट पढाइ