१९ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा सकियो १७ वडाको गणना, एमाले अग्रस्थानमा

१ जेष्ठ २०७९, आईतवार ०५:१२

जेठ १, पोखरा | म्याग्दीका ६ पालिकाका १७ वडामा गणना सकिएको छ । यहाँ ४५ वटा वडा छन् । नतिजा आएका वडामध्ये १० वटामा एमालेले जितेको छ भने कांग्रेसले ५, माओवादीले २ वडा जितेको छ । धौलागिरि गाउँपालिका १ मा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध भएका छन् ।

यस्तै, मालिका १ मा कांग्रेसका टंकप्रसाद पुन, २ मा एमालेका उदयकुमार बुढाथोकी, वडा नम्बर ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा कांग्रेसका भिजेन्द्रमान पुन र ५ मा कांग्रेसका मीम पुन निर्वाचित भए ।

अन्नपूर्ण गाउँपालिका १ को अध्यक्षमा एमालेका दिलीपकुमार गर्बुजा, वडा नम्बर २ मा पनि एमालेकै ओमप्रकाश फगामी र ३ एमालेका रमेश पुर्जा निर्वाचित भएका छन् । बेनी नगरपालिकाको वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा, वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

यस्तै, रघुगंगा गाउँपालिका १ को अध्यक्षमा कांग्रेसका बिलप्रसाद फगामी र २ मा एमालेका अमृत भण्डारी, वडानम्वर ३ एमालेका खिम शाही विजयी भएका छन् । मंगला गाउँपालिका १ मा एमालेका एकजित रोका र २ मा सोही पार्टीका धनबहादुर खाती क्षेत्री विजयी भएका छन् ।

धौलागिरि गाउँपालिका २ लुलाङको अध्यक्षमा एमालेका अकप्रसाद विक निर्वाचित भएका छन् । ६ वटै स्थानीय तहको मतगणना जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा फेरी अर्को विमान दुर्घटना बागलुङमा यस वर्ष साढे २६ करोडको सुन्तला बिक्री नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, एक गम्भीर घाइते आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै महिला टी-२०:आज नेपाल र थाइल्याण्डबीच खेल हुँदै आज कुन देशको मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस् आजको मौसम : तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो एलिनाले पति विष्णुबिरुद्द लगाइन् यस्तो आरोप ! गाडिएको अवस्थामा बालिकाको शव फेला: मावली हजुरबुबा सहित ६ जना पक्राउ राजेन्द्र पाण्डेको प्रश्न- दुई तिहाइ छ भन्दैमा सरकारले घमण्डी देखाउँदै मनलाग्दी गर्न पाइन्छ ? तनहुँमा बस दुर्घटना महिला टी-२० सिरिजमा नेदरल्याण्डसमाथि थाइल्याण्डको सहज जित विष्णुविरुद्ध एलिनाले हालिन् सम्बन्ध विच्छेदको मुद्दा आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश टिकटक भिडियो ‘आपत्तिजनक’ भएको भन्दै बाबुद्वारा १३ वर्षीया छोरीको गोली हानी हत्या महाकुम्भ मेलामा भएको भागदौडमा सम्पर्कविहीन भएका चार नेपालीमध्ये एक जना सम्पर्कमा हेलिकप्टरसँग ठोकिएको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, दुर्घटनाको कारण खुल्ने अपेक्षा कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : ओली छायांकन भइरहेका बेला बाल्कोनीबाट खस्दा पोर्नस्टारको मृत्यु