२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा १८ वटा वडाको मतगणना सकिँदा ११ वटामा एमाले, ६ वटामा कांग्रेस विजयी

१ जेष्ठ २०७९, आईतवार १५:०९

जेठ १, रसुवा | शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वटा वडा मध्ये हालसम्म १८ वटा वडाको मतगणनाको कार्य सम्पन्न भएको छ । ८ बजेसम्मको नतिजा अनुसार २७ वटा वडामध्ये १८ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले ११, कांग्रेसले ६ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ । 

कालिका गाउँपालिका १ मा माओवादीको प्यानल, कालिका २ मा कांग्रेस प्यानल, कालिका ३ मा कांग्रेसको प्यानलै विजयी भएको छ । गोसाईंकुण्ड गाउँपालिका १ मा एमाले प्यानल, २ मा कांग्रेस प्यानल, ३ मा एमाले प्यानल, ४ मा कांग्रेस प्यानल र ५ मा एमाले प्यानलै विजयी भएका छन् ।

आमाछोदिङ्मो गाउँपालिका १ मा एमाले प्यानल, २ मा कांग्रेस प्यानल, ३ मा एमाले प्यानल र ४ मा एमाले प्यानलै विजयी भएका छन् । उत्तरगया गाउँपालिका १  मा एमाले प्यानल, २ मा एमाले प्यानल र ३ मा एमाले प्यानलै विजयी भएका छन् । नौकुण्ड गाउँपालिका १ मा कांग्रेस प्यानल, २ मा एमाले प्यानल र ३ मा एमाले प्यानलै विजयी भएका छन् । 

गोसाईंकुण्ड गाउँपालिका ६, कालिका गाउँपालिका ४ र ५, नौकुण्ड गाउँपालिका ४, ५ र ६, उत्तरगया गाउँपालिका ४ र ५, आमाछोदिङ्मो गाउँपालिका ५ को मतगणनाको नतिजा आउन बाकी रहेको छ । 

गोसाईंकुण्ड गाउँपालिका १ मा नेकपा नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याए । 

गोसाईंकुण्ड–२ मा नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उर्किन तामाङले १ सय ८७ मत ल्याए । गोसाईंकुण्ड–३ मा नेकपा एमालेका मिङमर छिरिङ तामाङले  २ सय ६० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डुक्तार  तामाङले १ सय ६७ मत ल्याए । गोसाईंकुण्ड–४ मा नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए । गोसाईंकुण्ड ५ मा नेकपा एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याए । 

नौकुण्ड गाउँपालिका १ मा नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय ६९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३ सय ८६ मत ल्याए । नौकुण्ड–२ मा नेकपा एमालेका ङाफु याल्बो थोक्राले ४ सय ६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले ३ सय ३४ मत ल्याएर पराजित भए । नौकुण्ड गाउँपालिका ३ मा नेपाली एमालेका लोकेन्द्रदेब मोक्तानले ६ सय ७६  मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए ।  

उत्तरगया गाउँपालिका १ मा नेकपा एमालेका मारसिङ तामाङले ५ सय ६० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४ सय ९६ मत ल्याए । उत्तरगया–२ मा नेकपा एमालेका टुकु सुवेदीले ३ सय ६८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले २ सय ९९ मत ल्याएर पराजित भए । उत्तरगया–३ मा नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २१ मत ल्याएका छन् । 

कालिका गाउँपालिका १ मा नेकपा (माओवादी केन्द्र) का दावा तामाङले ५ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले ५ सय ४८ मत ल्याए । कालिका–२ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले ९ सय ७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विक्रम लोप्चनले ७ सय ६६ मत ल्याए । कालिका ३ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका फडिन्द्र प्रसाद न्यौपानेले ४ सय ७२ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुष्पराज न्यौपानेले ४ सय ७० मत ल्याए ।  

आमाछोदिङ्मो गाउँपालिका १ मा नेकपा एमालेका साङ लामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २ सय ४८ मत ल्याए । आमाछोदिङ्मो गाउँपालिका २ मा नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २ सय ५७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए । आमाछोदिङ्मो ३ मा नेकपा एमालेका सुरेन्द्र तामाङले ३ सय २८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कामी नाम्ग्याल तामाङले २ सय ८१ मत ल्याए । आमाछोदिङ्मो ४ मा नेकपा एमालेका धर्म तामाङले २ सय ८८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका ताम्प्रिङ घलेले २ सय ९ मत ल्याए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली