२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी–३ को अध्यक्षमा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित

२ जेष्ठ २०७९, सोमबार ०६:१५

जेठ २, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका उमेश श्रेष्ठ निर्वाचित भएका छन् ।

बिजयी श्रेष्ठले ११३२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रुद्रमान श्रेष्ठले १०२३ मत प्राप्त गरे ।

यस वडाबाट २०७४ को स्थानिय निकायको निर्वाचनमा एमालेका रुद्रमान श्रेष्ठ वडाअध्यक्ष पदमा विजयी भएका थिए । त्यतिबेला माओवादी केन्द्रबाट निर्वाचनमा उठेका उमेश श्रेष्ठ पराजित भएका थिए । बिजयी श्रेष्ठ एक वर्ष अघि मात्र नेपाली काँग्रेस प्रवेश गरेका थिए । 

ज्वालामुखी १ मा एमाले उम्मेदवार ७ मतको अन्तरले बिजयी 

ज्वालामुखी १ मा एमालेका वडा अध्यक्ष उम्मेदवार कृष्ण गिरि ५०२ मत पाएर बिजयी बनेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ मतको अन्तरले पराजित गरेका हुन् । 

ज्वालामुखी १ मा एमालेकी शर्मिला भारती खनाल महिला सदस्य पदमा बिजयी बन्दा एमालेबाटै दलित महिला सदस्यामा सिता परियार बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा कांग्रेसका भोजनारायण श्रेष्ठ र एमालेका बाबुकाजि तिवारी बिजयी भएका छन् । 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका उम्मेदवार ३ मतको अन्तरले बिजयी 

ज्वालामुखी २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार राजु लोप्पा ६२० मत पाएर बिजयी बनेका छन् । उनले माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवारलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । यस वडामा कांग्रेसको प्यानलनै बिजयी भएको हो ।

ज्वालामुखी २ मा हिमा कुमारी गुरुङ महिला सदस्य पदमा बिजयी बन्दा दलित महिला सदस्यामा सीता गोर्खाली बिजयी बनेकी छन् । त्यस्तै वडा सदस्यहरुमा छाप बहादुर गन्द्रमा र धन बहादुर तामाङ बिजयी भएका छन् । 

अहिले वडा नम्वर ४ को मतगणनाको अन्तिम अवस्थामा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ