२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

२०७९, २ जेष्ठ सोमबार ०७:२४

जेठ २, तनहुँ | म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले चार हजार ९५०  मत पाएका छन् । रानाले चार हजार २३२ मत पाइँन् । 

म्याग्देमा १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । अघिल्लो पटक पनि म्याग्देको अध्यक्षमा यिनै दुईको चुनावी भिडन्त भएको हो । नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेद्वारी दिएकी राना दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित हुने दाउमा थिइन् । तर अपेक्षाकृत नतिजा हासिल नहुँदा उनको यात्रामा पाँच वर्षका लागि ब्रेक लागेको छ । 

गएको निर्वाचनमा म्याग्दे गाउँपालिकामा पनि कांग्रेसको दबदबा थियो ।  अध्यक्षमा मायादेवी रानाले चार हजार ५४२ ल्याउँदै एक हजार ८१ मतान्तरले एमालेका श्रीप्रसाद श्रेष्ठलाई पराजित गरेकी थिइन् । यसपालिका श्रेष्ठले हारको बदला लिँदै जित दर्ता गराएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले पाँच हजार ३९ मत ल्याएर विजयी भए । उनका निटतम प्रतिद्वन्द्वी एमालेकी रत्नादेवी घिमिरेले चार हजार २०० मत पाइन् । अघिल्लो पालि पनि यिनै दुईको भिडन्त थियो । तर दुवै पटक नतिजा बालकृष्णको पोल्टामा परेको छ ।  गएको निर्वाचनमा बालकृष्णले चार हजार र रत्नादेवीले तीन हजार १५४ मत पाएका थिए ।

यसपालि म्याग्देमा एमालेले वडामा पनि नतिजा सुधार गरेको छ ।  वडा नम्बर १, ३ र ७ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । २,४,५, ६ मा कांग्रेस उम्मेद्वार विजयी भएका छन् । वडा नम्बर १ को अध्यक्षमा मणिभद्र वाग्ले,  २ मा शिवबहादुर क्षेत्री, ३ मा टुकराज अधिकारी, ४ मा दिपककुमार श्रेष्ठ, ५ मा शिवबहादुर आले, ६ मा हिरालाल गुरुङ र ७ मा बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । अघिल्लो पटक म्याग्देको वडा नम्बर २ र ६ मा  एमालेले वडाध्यक्षमा जित हासिल गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते