१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलि होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

२ जेष्ठ २०७९, सोमबार ०९:५२

जेठ २, काठमाडौं | भोलि मंगलबार अर्थात १७ मे मा अन्तर्राष्ट्रिय होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरूद्धको दिवस मनाइँदैछ । 'हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार' भन्ने विश्वव्यापी नाराका साथ दिवस मनाउन लागिएको हो । 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा वकालत गर्दै आएको संस्था मितिनी नेपालको आयोजना हुने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रमुख अतिथिको आमन्त्रण गरिएको छ ।

दिवसको अवसरमा गैरीधारास्थित सिल्भर ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा सातवटै प्रदेशबाट यो समुदायका व्यक्तिहरू, महिला आयोग, राष्ट्रिय समावेशी आयोग, सूचना आयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने मितिनी नेपालकी कार्यकारी अधिकृृत सरिता केसीले जानकारी दिइन् । उक्त कार्यक्रममा २०० भन्दा बढीको उपस्थिति रहने अपेक्षा गरिएको छ ।  

सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतलालाई मानसिक रोगको सूचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनि घोषणा गरिएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाइने गरिन्छ । 

दिवसको अवसरमा मितिनी नेपालसँगै यस क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिनलाई संसारभर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउँदै आएका छन् । 

फरक यौनिकता र लैंगिकताकै कारण यो समुदायले भाग्दै आइरहेको असमानता, हिंसा, चुनौती, कष्टकर भोगाई र कठिन परिस्थितिहरूप्रति नीतिनिर्माता, आम जनता, नागरिक समाज सरकोरवाला संघसंस्थाको ध्यानाकर्षण गराउन यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले बताइन् । 

आफूहरूले हरेक व्यक्तिलाई सम्मानजनक जीवन जिउन पाउने अधिकारलाई उनीहरूको लैंगिकता र यौनिकताका आधारमा मूल्याकन गरिनु हुँदैन भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ । 

समाजमा अझै पनि विभेद कायमै रहेको भन्दै भेदभाव, डर, हिंसा बिना आफ्नो पहिचान सार्वजनिक गर्ने र निर्णय लिन पाउने अधिकारको उपभोग गर्न नपाएको उनको भनाइ छ । 

यो समुदाय घरेलु तथा पारिवारिक हिंसाको उच्च जोखिममा रहेको भन्दै राज्यका कानुनले समेत आफूहरूमाथि विभेद गरेको घलानले बताइन् । हरेक वर्ष मनाइँदै आएको यो दिवस कोरोना महामारीको कारण यसअघिका तीन वर्ष मनाउन नसकिएको उनको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार