2026-06-19 05:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

देवघाटको अध्यक्षमा थापा र उपाध्यक्षमा गुरुङ विजयी

जेठ २, तनहुँ | तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका थापा ८२० मतान्तरको साथमा विजयी भएका हुन् । योसँगै तनहुँको स्थानीय तह प्रमुखमा नेपाली कांग्रेसले खाता खोलेको छ ।  

थापाले  चार हजार ३०६ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गबहादुर थापाले तीन हजार ४८३ मत पाएका छन् । थापा अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए । दोस्रो कार्यकाल दोहोरिन उनको चाहनामा सत्ता गठबन्धन बाधक बनेको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । अघिल्लो पटक माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका गुरुङ भारी तेस्रो स्थानमा थिए । कांग्रेससँग गठबन्धन गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएका गुरुङ यसपाली भने विजयी भएका छन् । 

२५४ मतान्तरले गुरुङले एमालेकी सावित्री न्यौपानेलाई पराजित गरे । गुरुङले तीन हजार ७२१ मत पाए भने न्यौपानेले तीन हजार ४६७ मत पाइन् । न्यौपाने अघिल्लो पटक नेपाली कांग्रेसकी विमला थापासँग एक मतान्तरले पराजित भएकी थिइन् ।

देवघाट गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मनिराज गुरुङ ८९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुक्तिलाल थापा मगरले ६३४ मत ल्याए । 

वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेस मीनबहादुर राना ८५८ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले ६७५ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा नेपाली कांग्रेसका टेकबहादुर आलेले ५०४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज गुरुङले ३५२ मत ल्याएका थिए ।

वडा नम्बर ४ मा नेकपा एमालेका मित्रलाल गुरुङ ४१२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर गुरुङले ३६७ मत प्राप्त गरे।

वडा नम्बर ५ मा नेपाली कांग्रेसका पूर्णबहादुर कुँवर एक हजार ८०६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराज पौडेलले एक हजार २१४ मत पाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग