2026-09-12 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बन्दीपुरको अध्यक्षमा एमालेका सुरेन्द्र र उपाध्यक्षमा कांग्रेसकी पञ्चमाया निर्वाचित

जेठ २, तनहुँ | तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।  गाउँपालिका अध्यक्षमा एमालेका सुरेन्द्र थापाले नेकपा माओवादी केन्द्रका पूर्णसिं थापालाई ६३ मतान्तरले पराजित गर्दै जित दर्ता गराएका हुन् । सुरेन्द्रले तीन हजार २२९ र पूर्णसिंले तीन हजार १६६ मत ल्याए । 

उपाध्यक्षमा दुई मतान्तरले नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ निर्वाचित भएकी छन् । गुरुङले गुरुङले तीन हजार २७ र  प्रतिस्पर्धी माओवादीकी करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरिन् । 

१५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो । अघिल्लो पटक बन्दीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको थियो । यसपटक पनि पुरानौ अनुहार अध्यक्ष उपाध्यक्षमा भिडेका थिए । तर, पराजित हुनुपरेको छ । 

गाउँपालिकाको छ मध्ये एमालेले तीन, माओवादीले दुई र कांग्रेसले एक वडामा जित हासिल गरेको छ । बन्दीपुर- १ को वडाध्यक्षमा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन् । ९०९ मत प्राप्त गरी श्रेष्ठ अध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रका भानुभक्त पोखरेलले ६८१ मत प्राप्त गरे । 

वडा नम्बर २ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा तिलकबहादुर कुँवर ६५३ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्रबहादुर बानियाँले ५०५ मत प्राप्त गरे ।

वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा परमेश्वर भट्टराई ४०५ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नारायण केसी खत्रीले ३७४ मत प्राप्त गरे ।

वडा नम्बर ४  मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका दानबहादुर थापा ७४० मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका सीता थापाले ४६४ मत प्राप्त गरिन् ।

वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ध्रुर्वप्रसाद लामिछाने ६९१ मत प्राप्त गरी गरे । प्रतिस्पर्धी नेकपा एमालेका मिमबहादुर गुरुङले ४९२ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका बलबहादुर गुरुङ विजयी भएका छन् । ४४५ मत प्राप्त गरी गुरुङ वडाध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गणेशबहादुर गुरुङले ४८२ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा