२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक : एमालेले ९ पालिका गुमायो

२०७९, ३ जेष्ठ मंगलवार १०:१४

जेठ ३, सुर्खेत | मंगलबार दिउँसो एक बजेसम्म कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिलेसम्म पाँचवटा पालिकाहरुमा मात्र जित हाँसिल गरेको छ  । सबैभन्दा बढी जसमा काँग्रेसले १८, नेकपा माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले ३ र दुई वटामा स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।

नेकपा एमालेले पालिकाहरु जित्नेभन्दा बढी गुमाउँदै गएको छ ।  अहिलेसम्म दैलेखको गुराँस, डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका, जुनीचाँदे गाउँपालिका जाजरकोट र डोल्पाको शे–फोक्शुण्डो गाउँपालिकामा जितेको छ ।

कर्णालीमा एमालेले गुमाएका पालिकाहरु

— ठाटीकाँध गाउँपालिका दैलख : यहाँ काँग्रेसका रक्षबहादुर शाहीले जितेका छन् । 

—चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख : काँग्रेसका गणेशबहादुर शाहीले जितेका छन् ।

— भैरवी गाउँपालिका, दैलेख : काँग्रेसकी रिता कुमारी शाहीले जितेकी छन् ।

—भगवतीमाई गाउँपालिका, दैलेख : माओवादीका गणेश थापाले जितेका छन् ।

— बनगाड कुपिण्डे नगरपालिका, सल्यान : माओवादीका कर्णबहादुर बुढाथोकीले जितेका छन् ।

— ठुलोभेरी नगरपालिका, डोल्पा : यहाँ नेपाली काँग्रेसका स्वर्ण बुढाले जितेका छन् ।

— खाँडाचक्र नगरपालिका, कालिकोट : यहाँ स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

— कपुरकोट गाउँपालिका, सल्यान : यहाँ एकीकृत समाजवादीले जितेको छ ।

— शिवालय गाउँपालिका जाजरकोट : यहाँ नेपाली काँग्रेसका शेरबहादुर शाहीले  जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक