भदौ १७, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली"/>
२०८२, १ फाल्गुन शुक्रबार
काठमाडौँ - KTM

गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरियो: भीम रावल

२०७३, १७ भाद्र शुक्रबार १३:१६

भदौ १७, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपालीले जारी गरेको संविधानकाविरुद्ध असन्तुष्ट शक्तिले मुलुकको स्वतन्त्रतामाथि गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरी नयाँ सरकार स्थापना गरेको  बताएका छन् । 

युवा सङ्घ नेपालले नवनियुक्त युवा फाँट इन्चार्ज महेन्द्रबहादुर पाण्डेलाई स्वागत तथा निवर्तमान इन्चार्ज शेरधन राईलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा उनले मुलुकमा विद्यमान अस्थिरता तथा विकृतिलाई रोकेर देशको स्वतन्त्रताको रक्षाका लागि युवा समुदायले भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए । 

नेता रावलले संविधान कार्यान्वयनका लागि चैतभित्र स्थानीय तहको निर्वाचन गर्न आग्रह गर्दै मधेसी मोर्चाको सहयोगमा निर्माण भएको वर्तमान सरकारकातर्फबाट प्रधानमन्त्री तथा काँग्रेसका सभापतिले मोर्चाले आगामी असोज ३ गते मनाउन लागेको कालो दिवसकाबारेमा धारणा सार्वजनिक गर्नुपर्ने विचार व्यक्त गरे । 

निवर्तमान इन्चार्ज राईले मुलुकमा आर्थिक विकास र समृद्धिको एजेन्डालाई हासिल गर्न प्रमुख संवाहकका रुपमा युवा सङ्घलाई गतिशीलता बढाउन सुझाव दिए । नवनियुक्त फाँट इन्चार्ज पाण्डेले देश विकासमा युवा वर्गको नेतृत्वको खाँचो रहेको  औल्याए । 

सङ्घका सह–इन्चार्ज निरुदेवी पाल, अध्यक्ष राजीव पहारी र उपाध्यक्ष दिलु पन्तले मुलुकमा युवालाई सचेत बनाउन सङ्घले खेलेको भूमिकाका बारेमा जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?