१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ उम्मेदवारले एक मत पनि पाएनन्

३ जेष्ठ २०७९, मंगलवार ११:२८

जेठ ३, काठमाडौं | काठमाडौं महानगरपालिको मेयर पदका लागि ५५ जना चुनावी मैदानमा छन् । मतगणना जारी रहँदा लौरो चुनाव चिन्हसहित बालेन साह सबैभन्दा अगाडि छन् । २६ हजार ३१९ मतगणना भइसक्दा साहले १००३४ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापित पाँच हजार ४४५ मत पाएका छन् । मेयरमा उम्मेदवारी दिएका ५५ जनामध्ये १९ उम्मेदवारले एक मत पनि पाउन सकेका छैनन् । 

एक मत पनि नपाउनेमा स्वतन्त्रसँगै विभिन्न राजनीतिक दलका उम्मेदवार पनि छन् । राष्ट्रिय यथार्थवादी पार्टी, नेपालका आनन्दराज जोशी, नेपाल जनता पार्टीकी सरिता घिमिरेलगायतले एक मत पनि पाउन सकेका छैनन् । 


त्यस्तै स्वतन्त्र उम्मेदवारहरू स्वइट थापा, बच्पनराज श्रेष्ठ, इन्द्रमणि कपाली, शैलेन्द्रमान श्रेष्ठ, उमेशकुमार सिंह, महेन्द्र प्रजापति, विपीनराज वैद्य, रजितमान शाक्य, न्हुज मानन्धर, प्रणेशबहादुर मल्ल, किरण रंजित, सूर्य थापा (श्रेष्ठ), रोशन शाही, मिनकान्त पाण्डे, जेठा महर्जन, मनिस श्रेष्ठ र सुनिल श्रेष्ठले एक मत पनि पाउन सकेका छैनन् । 

उम्मेदवारी दिएकामध्ये नाैजना उम्मेदवारले एक मत मात्र पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरज श्रेष्ठले एक मत पाएका छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्य, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्य, स्वतन्त्र उम्मेदवार राजन कार्की, रविकान्त मानन्धर, कान्ति तुलाधार (बज्राचार्य), शैलेश ढुंगाना, दिपक सिलवाल र विनय स्थापितले एक मत मात्र पाएका छन् । 

त्यस्तै उपमेयरतर्फ पनि पाँचजना उम्मेदवारले एक पनि पाउन सकेका छैनन् । तीनजनाले एक मत पाएका छन् । खाता पनि खोल्न नसक्नेमा स्वतन्त्र उम्मेदवारहरू नरेन्द्रमान डंगोल, रन्जन डंगोल, आशीषचन्द्र तुलाधर, रवि नापित र अम्बरबहादुर खत्री छन् । आशीष महर्जन, सानु महर्जन र कृष्ण तण्डुकारले एक मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार