२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ तपाइँकाे आजको राशीफल

४ जेष्ठ २०७९, बुधबार ०१:२८

जेठ ४, काठमाडौँ | आजको पात्रो: आज २०७८ काे ४ जेठ, बुधबार । मे महिनाको १८ तारिक २०२२ । जेष्ठ कृष्णपक्ष द्वितीय तिथि, आज विहान सूर्योदय ५ः१६ मा हुनेछ भने १८ः४६ मा सूर्यास्त हुनेछ । ज्येष्ठा नक्षत्र, सिद्धा योग, चन्द्रमा वृश्चिक राशिमा रहने छ । आज विहान १२ः०१ देखि १ः४३ सम्म राहुकाल रहेको छ । त्यो समयमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ । आजको देवता कार्तिकेय, र ग्रहदेव केतु रहेको छ । त्यसैले आजको दिन घर गृहस्थका काम गर्दा निकै शुभ हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

तपाईले गर्नुभएको सत्कार्यबाट मान सम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । तपाईको मन प्रवल हुनेछ ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्ठी रहन सक्छ । लामो यात्राको लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु वेश हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने तपाईको लागि यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ ।  मित्र र आफन्तलाई दिनुभएको धन फिर्ता हुनसक्छ । परिवारका समस्यहरुबाट तपाईले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन विहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

धन लाभ हुनेछ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईलाई खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नैं वेश हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नैं वेश हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नैं वेश हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

ब्यापार ब्यबसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । व्यापार ब्यबसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार ब्यबसायबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तहरुलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईलाई साथ सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भएपनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर ब्यबहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।  


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान