2026-09-18 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा बदर मत एक प्रतिशत मात्रै

जेठ ४, रसुवा | स्थानीय तहको निर्वाचनमा रसुवामा मत बदर न्यून देखिएकाे छ । ०७४ सालमा भएको निर्वाचनको तुलनामा यसपटक निकै कम मत बदर भएको हो । ०७४ सालका निर्वाचनमा २२ हजार ६ सय ८९ मत खसेकोमा एक हजार ६ सय २८ मत बदर भएको थियो । यो सात दशमलब ०५ प्रतिशत हो । तर, यसपटक ३० हजार चार मत खसेकोमा तीन सय १० मत मात्रै पूर्ण बदर भएको छ । यो एक दशमलब ०३ प्रतिशत हो । 

नतिजाअनुसार आमाछोदिङ्मो गाउँपालिकामा ३२, उत्तरगयामा ३७, कालिकामा ३९, गोसाइँकुण्डमा १३ र नौकुण्डमा एक सय ८९ मत बदर भएको छ। यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभए पनि बदर मत संख्या कम देखिएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । 

जिल्लाको आमाछोदिङमोमा पाँच हजार ६० मतदातामध्ये चार हजार दुई सय १४, उत्तरगयामा आठ हजार चार सय दुईमध्ये ६ हजार पाँच सय १६, कालिकामा आठ हजार ६ सय ५६ मध्ये ६ हजार सात सय ७३, गोसाइँकुण्डमा पाँच हजार आठ सय ९० मध्ये चार हजार सात सय ७३ र नौकुण्डमा १० हजार पाँच सय ३७ मध्ये सात हजार सात सय २६ ले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई