शर्मिला पाठक | भदौ १८, काठमाडौँ । आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शर्मिला पाठक | भदौ १८, काठमाडौँ । आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जान"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

अनलाइनबाट नक्सापास प्रक्रिया झन्झटिलो

१८ भाद्र २०७३, शनिबार ०४:२३

शर्मिला पाठक | भदौ १८, काठमाडौँ । आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जानुपर्ने भएकाले अनलाइनबाट नक्सापासको प्रक्रिया झन्झटिलो भएको छ । 

काठमाडौँ महानगरपालिका–१४ का रामप्रसाद सापकोटाले गत साउनको पहिलो साता घर निर्माणका लागि घरबाट नै नक्सा दर्ता गर्नुभयो । “घरबाट नक्सा दर्ता गराए पनि पुनः कागजपत्र बोकेर महानगरको कार्यालयसम्म जानुपर्यो, यसअघि आवश्यक कागजपत्र सहित प्रक्रिया पुर्याएर कागजपत्र बोकेर महानगरको कार्यालयसम्म पुगेपछि केही दिनमा नक्सापास हुने गरेकामा अहिले भने झन्झटिलो भएको छ” सापकोटाले भन्नुभयो । 

सबै नगरवासीसँग इन्टरनेटको पहुँच नभएको र भएकाहरु पनि प्रविधिसँग रमाइसकेको अवस्था छैन । नक्सापासका लागि दर्ता गर्न प्राविधिसँग जानकार व्यक्तिलाई खोज्नुपर्ने भएकाले पहिलेको भन्दा थप समस्या भएको उहाँको भनाइ छ । 

त्यसैगरी सुरेन्द्र श्रेष्ठको भनाइ पनि सापकोटाको भन्दा कम छैन । “कामपाले यस किसिमको व्यवस्था ल्याउनु पूर्व नै यसबारे नगरवासीलाई केही जानकारी गराएको भए समस्या हुने थिएन ”, श्रेष्ठ भन्नुहुन्छ । 

सबै नगरवासीले अहिले नै घरबाट अनलाइन नक्सापास गराउने सम्भावना भने कम रहेको श्रेष्ठले बताउनुभयो । नक्सापास गर्ने इन्जिनियरलाई नै अनलाइन नक्सापास गर्नेबारे जानकारी कम हुँदासमस्या आएको नक्सापास महाशाखा प्रमुख इन्जिनियर राम थापा स्विकार्नुहुन्छ । 

थापाका अनुसार गत साउनदेखि अहिलेसम्मा अनलाइनबाट नक्सापास गर्नेको सङ्ख्या २४० पुगेको छ । तीन सय ३८ जनाले नक्सापासका लागि फाराम दर्ता गरेको भए पनि प्रक्रिया नपुगेका कारण बाँकी अन्यको नक्सापास हुन सकेको छैन । 

अहिले अनलाइन सेवा सुरु हुनुपूर्व जति नै दैनिक २० देखि २५ वटासम्म नक्सापासका लागि दर्ता हुने गरेको छ । मापदण्डअनुरुप नक्सापासका लागि दर्ता अनलाइनबाट गराएपछि तोकिएको समयभित्र पास भएको सूची कामपाले नागरिकलाई पठाउनेछ । यदि नक्सापासका लागि मापदण्ड पूरा नभएको हकमा भने पास नहुनाका आवश्यक कारण पनि सूचीमा पठाइने व्यवस्था छ । 

गत साउन १ गतेदेखि कामपाका ३५ वटै वडामा सुरु गरिएको उक्त सेवामा नागरिकले घरबाटै अनलाइन मार्फत नक्सापासका लागि दर्ता गर्न पाइने भए पनि उक्त सेवाबारे नागरिकलाई जानकारी नभएको र कामपामा पनि थप व्यवस्थापनको काम भइरहेकाले अनलाइनबाट नक्सापास प्रक्रियामा कमी आएको प्रमुख थापाको भनाइ छ । 

थापाले भन्नुभयो, “कामपामा नै आएर नक्सापास गराउँदा लाइनमा बस्नुपर्ने र मापदण्ड पूरा नहुँदा विभिन्न किसिमको झन्झट नागरिकले व्यहोर्नुपर्ने हुँदा उक्त समस्याबाट मुक्त गराउनका लागि यो व्यवस्था गरिएको हो ।” सुरु सुरुमा केही कमी आए पनि पछिका दिनमा अनलाइनबाटै नक्सापास गर्नेमा उल्लेख्य सहभागिता हुने कामपाको विश्वास छ । 

महानगरभित्र नै निर्माण हुने ठूला व्यावसायिक भवनका हकमा भने नक्सापास गराउँदा नै काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट योजना स्वीकृति लिनुपर्ने भएकाले उक्त स्वीकृति लिएपछि मात्र अनलाइन नक्सापासको प्रक्रिया अघि बढ्ने कामपाले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ