२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब एमालेको रणनीति ‘दूधभात’

६ जेष्ठ २०७९, शुक्रबार ०२:२६

जेठ ६, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमापरेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ। अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढी नेपाली काँग्रेस र माओवादी केन्द्रलाई फाइदा पुगेको छ। यसैकारण स्थानीय तहमा अप्ठेरोमा परेको एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आफ्नो पक्षमा पार्न बेलैदेखि रणनीति बदल्ने तयारीमा लागेको हो।

स्थानीय तह निर्वाचन हुनुभन्दा पाँच दिनअघि वैशाख २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई लक्षित गर्दै भनेका थिए, 'जसले दूधभात बढी दिन्छ उसैतिर हुन्छ ऊ, अर्कोपटक हामीले दूधभात दिन्छौं ।' चुनावी दौडधुपमा रहेका ओलीले वर्तमान सत्ता गठबन्धन भत्कन सक्ने र त्यसका लागि दूधभातको आवश्यकता रहेको संकेत गरेका थिए। २०७४ सालमा भएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। त्यसबेला एमालेले माओवादीलाई बढी सिट दिएको थियो । बढी सिट पाएपछि माओवादी केन्द्र तत्कालीन सत्ता साझेदार कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गर्न आएको थियो। 

- आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत