भदौ १८, पर्बत । पर्वतमा खासगरी सदरमुकाम कुश्मामा मेडिकलवालाहरुले स्वास्थ्य ऐन विपरित स्वास्थ्य सेवा प्रदान गरेको भन्ने व्यापक गुनासो आईरहेका बेला अनुगमन थालिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा बजार क्षेत्रका मेडिकल पसलहरुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । पर्वतमा खासगरी सदरमुकाम कुश्मामा मेडिकलवालाहरुले स्वास्थ्य ऐन विपरित स्वास्थ्य सेवा प्रदान गरेको भन्ने व्यापक गुनासो आईरहेका बेला अनुगमन थालिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा बजार क्षेत्रका मेडिकल पसलहरुक"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिकलवाला विरुद्ध व्यापक जनगुनासो पछि प्रशासनको अनुगमन

१८ भाद्र २०७३, शनिबार ०५:५५

भदौ १८, पर्बत । पर्वतमा खासगरी सदरमुकाम कुश्मामा मेडिकलवालाहरुले स्वास्थ्य ऐन विपरित स्वास्थ्य सेवा प्रदान गरेको भन्ने व्यापक गुनासो आईरहेका बेला अनुगमन थालिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा बजार क्षेत्रका मेडिकल पसलहरुको शुक्रवार अनुगमन गरिएको हो । अनुगमनको क्रममा १० वटा मेडिकल पसल गरेको र विभिन्न मेडिकलवालाहरुको कमजोरी समेत पाइएको छ । 

जिल्ला अस्पतालबाट एक सय मिटरको दुरीमा औषधि पसल हुनुपर्ने कानूनी प्रावधान भए पनि कार्यान्वयन भएको छैन । स्वास्थ्य कार्यालयको गेटैमा मेडिकल पसल संचालनमा भएपनि स्वास्थ्य कार्यालयले कारवाही गर्न सकेको छैन ।

शुक्रबार कार्यालयले कार्यालय परिसरमै रहेका बागलुङ मेडीकल हल र भगवान मेडीकलहलको अनुगमन गरेको हो । त्यस्तै अनुगमन टोलिले प्रकास आयुर्वेदिक, पर्वत मेडीको फर्मा, गणेश मेडीकलहल, पर्वत मेडीकलहल लगायतको अनुगमन गरेको थियो । अनुगमनको क्रममा व्यापक लापरवाही भएको पाइएको छ । औषधिको भण्डार ठीक ढंगले नराख्ने, कानून विपरित स्वास्थ्यसेवा, दक्ष जनशक्ति नभएको लगायत कमजारी छन् ।

अनुगमनमा सरकारी अस्पतालका डाक्टरहरुले कार्यालयमा भन्दा मेडीकलमा बढी सेवा दिने गरेको भेटिएको छ । अनुमति नै नलिई एक्सर, ईसिजी, भिडीयो एक्सरे लगायतका स्वास्थ्य सेवा सञ्चालनमा ल्याएर स्वास्थ्य सेवामा गंभीर खेलवाड गरेको समेत पाईएको छ । गणेश मेडीकलहल पर्वतले अनुमति नलिने र दक्ष प्राविधिक विना नै एक्सरे सेवा सञ्चालनमा ल्याइएको अनुगमन टोलीले भेटेको छ । 

यसरी अव्यवस्थित रुपमा सञ्चालनमा रहेका एक्सरे सेवाले मानिसमा बाँझोपन, क्यान्सर लगायतका स्वास्थ्य समस्या निम्त्याउने समेत आउन सक्ने भएका कारण अनुमती विना सञ्चालित र अव्यवस्थित एक्सरे सेवा बन्द गराउन टोलिले सुझाव दिएको छ  । मेडिकलवालाले नियमविपरित औषधि विक्री गर्ने, विरामी चेकजाँच गर्ने गरेकोले सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड भएको भन्ने गुनासो रहदै आएको थियो ।

। अनुगमन संयोजक दिपक भण्डारीले अनुगमनमा भेटिएका कमजोरीलाई दुई महिना भित्र सुधारमा ल्याउन आग्रह गरिएको बताए । अनुगमन टोलिले केही मेडीकलहलहरुबाट उपभोग्य मिति सकिएको औषधि जफत समेत गरेको छ । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य निरीक्षक, र उपभोक्ता मञ्च लगायत प्रतिनिधि सामेल टोलिले जिल्लाका दश औषधि पसल र तीन क्लिनिकहरुको अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट