2026-06-19 02:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पेट्रोल र डिजेलको मूल्य घट्यो, इमरान खानले गरे मोदी सरकारको तारिफ

जेठ ८, काठमाडौं | भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको छ। केन्द्र सरकारले पेट्रोल र डिजेलमा अन्तःशुल्क घटाएको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ अन्तःशुल्क घटाएको हो। यससँगै वित्तमन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री उज्ज्वला ग्यास योजनाका लाभार्थीहरूलाई २०० रुपैयाँ अनुदान दिने घोषणा पनि गरिन्।

भारत सरकारको यो निर्णयले भारतका आम जनतालाई ठूलो राहत दिएको छ । मोदी सरकारको यो निर्णयको असर पाकिस्तानमा पनि परेको छ।


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारत सरकारको यो निर्णयको प्रशंसा गरेका छन्। उनले ट्वीट गर्दै मोदी सरकारको तारिफ गरेका छन्।

‘क्वाडको हिस्सा भएर पनि भारत अमेरिकाको दबाबमा झुकेन र रुसबाट सस्तो तेल किनेर आफ्ना जनतालाई राहत दिएको छ। हाम्रो सरकार स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेर यही हासिल गर्न काम गरिरहेको थियो।', उनले लेखेका छन्, ' हाम्रो सरकारको लागि पाकिस्तानको हित सबैभन्दा माथि थियो तर दुर्भाग्यवश यहाँ मीर जाफर र मीर सादिक बाहिरी दबाबमा षड्यन्त्रका मोहोरा बने र अहिले उनीहरू अर्थतन्त्रलाई घाटामा लैजान लागेका छन्। '

इमरान खानले भारतको प्रशंसा गरेको यो पहिलो पटक भने होइन। यसअघि एक र्‍यालीमा उनले छिमेकी मुलुकको परराष्ट्र नीति जनताको हितमा भएको बताएका थिए। 

शनिबार साँझ भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ  अन्तःशुल्क घटेको घोषणा गरिन्।  

मार्चमा पाँच राज्यको निर्वाचन सकिएपछि पेट्रोल र डिजेलको मूल्य बढ्न थालेपछि पेट्रोलले प्रतिलिटर सय रुपैयाँ नाघेको थियो। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक