१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बलात्कारी’ नै म्यादी प्रहरी : टिकटकबाट खुल्यो पोल, बिदाइ समारोहबाट पक्राउ

८ जेष्ठ २०७९, आईतवार ०९:४३

जेठ ८, काठमाडौँ | बलात्कार मुद्दामा अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका युवक सुटुक्क म्यादी प्रहरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला बल्ल प्रहरी अधिकारीहरूले थाहा पाए, उनी ‘बलात्कारी’ रहेछन् ।

उनी हुन्, झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेल । उनी परिवारसँग २०७४ मा उदयपुरबाट बसाइँ सरेर झापामा बस्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीका लागी आवेदन दिएर उनी छनोट परीक्षा पास भएका थिए । ४० दिनको कार्यकाल सकिएपछि बिदाइ समारोहमा उनीसँगै ड्युटी गरेका प्रहरीले कमललाई हतकडी लगाए । अहिले उनी जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा छन् ।

२०७४  मा उदयपुरमा भएको बलात्कारको घटनामा अदालतले कमललाई दोषी ठहर गरेको छ । उदयपुरको ताप्ली गाउँपालिका (साबिक रुपाटार–५) स्थित सानो गहतेमा बाख्रा चराउन गएकी १७ वर्षीया किशोरीलाई कमलले बलात्कार गरेको आरोप लाग्यो । उनी पनि बस्तु चराउन गएका थिए ।

आरोपी लागेपछि उनी परिवारसँग त्यहाँबाट बसाई सरेर झापा गएका हुन् ।  झापामा उनको परिवार भद्रपुर नगरपालिका–७ मा बस्दै आएको छ । २०७४ मा प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गराएको थियो । मुद्दा चलिरह्यो । जिल्ला अदालत उदयपुरले २०७७ मङ्सिर २३ मा कमललाई ९ वर्ष कैद १ लाख जरिवाना हुने फैसला गरेको छ ।

बलात्कार मुद्दामा दोषी ठहर भएपछि प्रहरी प्रधान कार्यालयको क्रिमिनल रेकर्ड सिस्टममा इन्ट्री गरिएको हुन्छ । तर, म्यादी प्रहरीमा छनोट गर्दा छनोटमा संलग्न अधिकारीहरूले क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस)को तथ्याङ्कमा ध्यान दिएनन् ।

टिकटकबाट खुल्यो पोल

कमल उनका ज्वाइँसँगै म्यादीमा भर्ना भएका थिए । बैनीले टिकटकमा म्यादीको बर्दीमा सजिएको फोटो राखेर लेखे–‘मेरो दाइ म्यादी प्रहरीमा ।’ ती बैनी र बलात्कृत किशोरी सामाजिक सञ्जालमा जोडिएका थिए । आफूलाई बलात्कार गर्ने युवकको फोटो देखेपछि उनले झापामा प्रहरीलाई खबर गरिन् । अनि, कमल पक्राउ गरेका हुन् ।

अदालतको फैसला कार्यान्वयनका लागी कमललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले  बताए । उनले भने–‘हामीले पक्राउ गरेर उदयपुर पठाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार