भदौ १८, काठमाडौँ । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको जनसम्पर्क तथा प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, काठमाडौँ । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको जनसम्पर्क तथा प्"/>
2026-07-05 02:40 AM
काठमाडौँ - KTM

पाठक परराष्ट्रमन्त्रीका प्रेस संयोजक

2016-09-03

भदौ १८, काठमाडौँ । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको जनसम्पर्क तथा प्रेस संयोजकमा नियुक्त हुनुभएको छ । 

राससमा अन्तर्राष्ट्रिय समाचार डेक्सका प्रमुखमा कार्यरत रहनुभएका पाठकलाई परराष्ट्रमन्त्री डा महतको सचिवालयमा रा.प प्रथम श्रेणी सरहको नियुक्त गरिएको हो । 

पाठकले त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषयमा प्राध्यापन गर्नुहुन्छ । उहाँका नेपाली पत्रकारिता र सूचनाको हकसम्बन्धी पुस्तक प्रकाशित छन् । 

पाठकसँग पूर्वाञ्चल विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्मा आमसञ्चार तथा पत्रकारिता विषयमा विषय समितिको सदस्यका रुपमा काम गरेको अनुभव छ । 

नेपाली पत्रकारिता र सूचनाको हकका क्षेत्रमा अध्ययन अनुसन्धानमा संलग्न पाठकका विभिन्न पत्रपत्रिका, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुसन्धानमूलक र प्राज्ञिक जर्नलमा लेखहरु प्रकाशित छन् । 

बागलुङग जिल्लाको अमलाचौरमा विस २०३१ फागुनमा जन्मिनुभएका पाठक २० वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै