भदौ १८, झापा । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको  बताएका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, झापा । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको  बताएका छ"/>
2026-09-19 01:29 AM
काठमाडौँ - KTM

संविधान कार्यान्वयन पहिलो प्राथमिकता: मन्त्री बुढाथोकी

भदौ १८, झापा । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको  बताएका छन् । 

आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सो कुरा  बताएका हुन् । संविधान कार्यान्वयन भएपछि मात्रै देशले फड्को मार्ने भएकाले सरकारले जतिसक्दो चाँडो संविधान कार्यान्वयन गराउन प्रयत्न गर्छ मन्त्री बुढाथोकीले भने । 

संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि परेको छ भन्दै उनले भने–‘स्थानीय निकायको निर्वाचन भएपछि मात्रै स्थानीय तहको विकास निर्माणका कामले पनि गति लिन्छ ।’ 

एक फरक प्रशङ्गमा मन्त्री बुढाथोकीले कर्मचारी सरुवा र बढुवाका लागि आफूलाई जति नै दबाब आए पनि नियम विपरित कुनै कार्य नगर्ने उल्लेख गरे । मन्त्री बुढाथोकी नेपाल आदिवासी जनजाति महासङ्घ झापाको विर्तामोडमा हुने अधिवेशनको उद्घाटनका लागि आज झापा  आएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई