भदौ १८, काठमाडौं । बाणिज्यमन्त्री रोमी गौचन थकालीले लाईसेन्स प्राप्त फर्महरुको अनुगमन गर्ने र गलत गरेको पाईए त्यस्ता फर्महरुलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, काठमाडौं । बाणिज्यमन्त्री रोमी गौचन थकालीले लाईसेन्स प्राप्त फर्महरुको अनुगमन गर्ने र गलत गरेको पाईए त्यस्ता फर्महरुलाई"/>
2026-07-05 02:35 AM
काठमाडौँ - KTM

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सन्धिसम्झौता हुन्छ: बाणिज्यमन्त्री

2016-09-03

भदौ १८, काठमाडौं । बाणिज्यमन्त्री रोमी गौचन थकालीले लाईसेन्स प्राप्त फर्महरुको अनुगमन गर्ने र गलत गरेको पाईए त्यस्ता फर्महरुलाई तत्काल कारवाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थकालीले ईजाजत प्राप्त फर्महरुले कानुनी विपरित काम गरे, कालोबजारी गरे र कृत्रिम अभाव सिर्जना गरेको पाईए ती फर्महरुलाई कारवाही गरेरै छाड्ने चेतावनी दिएका हुन् । उनले अघि थपे,“बाणिज्य मन्त्रालयले छापा मार्दा गलत गरेको भेटियो भने त्यो उम्कन पाउँदैन, त्यसलाई कानुनी कारवाही गरेरै छोड्छु ।”

साक्षात्कारमा बोल्दै मन्त्रीले गलत गर्नेहरुलाई कारवाही गर्दा कोही कसैले अवरोध गरे वा दबाब दिए आफू त्यसबाट एक ईन्च पनि नडगमगाउने दाबी गरे । उनले थपे,“कानुन उल्लंघन गर्ने, कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कसैले संरक्षण गर्न खोज्छ भने, त्यस्तो कसैले नसोचेपनि हुन्छ, चाहे प्रधानमन्त्रीको दबाब नै किन नओस वा पार्टीकै दबाब आएपनि म सुन्नेवाला छैन् ।” उनले कानुनी परिधिभित्र रहेर काम गर्दा कसैले दबाब दिन्छ भने त्यो आफ्नो लागि कुनै हालतमा स्विकार्य नहुने स्पष्ट पारे ।

उनले अघि थपे,“मन्त्री पद मेरो लागि केही पनि होईन, म राजनीति गर्ने मान्छे हुँ, मलाई यो पद गएपनि कुनै चिन्ता हुँदैन् ।” यद्धपी उनले असल काम गर्नेहरुलाई मन्त्रालय सहयोगी बन्ने जनाए । कालोबजारी गरेको पाईए कालोबजारी ऐन अन्र्तगर्त सडियो मार्फत कारवाही हुने समेत उनले बताए ।

मन्त्री थकालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणमा द्धिपक्षीय महत्वपूर्ण सन्धिसम्झौता हुने बताएका छन् ।

मन्त्री थकालीले विगतमा भएका सबै खाले सन्धिसम्झौताहरुलाई ईमान्दारीपूर्वक कार्यान्वयन गर्दै अघि बढ्ने र नयाँ केही सम्झौताहरु प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा हुने विश्वास व्यक्त गरेका हुन् । उनले भने,“प्रधानमन्त्रीको भ्रमणको बेला केही महत्वपूर्ण सम्झौताहरु हुने सम्भावना मैले देखेको छु, उहाँको भ्रमणसँगै व्यापारका द्धिपक्षीय नयाँ ढोकाहरु खुल्नेछन् ।”

उनले नेपालले उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखे । नेपालको बजार भनेको नै भारत र चीन भएकाले नेपाली उत्पादनको असर नपर्नेगरि डाटा बेस एनलाईसीसमा रहेर सम्झौताहरु गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले विशाखापटन्म सुख्खा बन्दरगाह तत्काल प्रयोगमा ल्याउनेबारेमा समेत प्रधानमन्त्रीको भ्रमणको बेला कुरा उठ्ने संकेत गरे । समुन्द्रीमार्ग भएर सामान ओसारपोसार भए कस्ट समेत सस्तो पर्ने उनको भनाई थियो । बंगलाबन्धु पोर्ट, बिशाखापट्नम सुख्खा बन्दरगाह प्रयोगको लागि रेलवे आवश्यक पर्ने भएकाले यसबारेमा भारतले व्यवहारिक रुपमा सहयोग गर्नेमा आफूहरु विश्वस्त रहेको मन्त्री थकालीको भनाई थियो ।

फरक प्रसँगमा उनले प्रधानमन्त्रीको भारत भ्रमण हुनु अगावै देशै बेच्न लागेको गरि अफवाह फैलाउने काम भएको भन्दै देशलाई अहित हुनगरि कुनै सम्झौता नहुने स्पष्ट पारे । “नेपाल र भारतवीच घनिष्ठ सम्बन्ध छ, आपसी समझदारी अनुसार नै दुई चल्नुपर्छ, उनले भने ।

भारतसँगको व्यापार घाटा कम गर्नको लागि पनि नेपालले आफ्नो उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने बताउँदै मन्त्री थकालीले भने,“व्यापार घाटा कम गर्न, नेपालले एक्सपोर्टमा वृद्धि दिनुपर्छ ।”

नेपाल डब्लुटिओ, विमस्टेक र साफ्टाको सदस्य राष्ट्र भएपनि फाईदा लिन नसकेकोमा अहिले समिक्षा भैरहेको समेत उनले जनाए । उनले अघि थपे,“हामीले किन फाईदा लिन सकेनौं, यसबारेमा भर्खरै मन्त्रालयमा पनि समिक्षा भएको छ ।”

उनले संविधान संशोधन प्रक्रिया छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे । संशोधन प्रक्रियामा एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै