2026-09-19 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै ‘श्रीमती विक्रिमा’ भन्ने विज्ञापन दिएपछि….

जेठ ११, लण्डन | एजेन्सी | एक जना व्यक्तिले ठट्यौली शैलीमा आफ्नै श्रीमती विक्रीमा भएको विज्ञापन अनलाइनमार्फत दिएका छन् । ती व्यक्तिले आफ्नी श्रीमती साथिहरुसंग छुट्टि मनाउन गएको समयमा उक्त कार्य गरेका हुन् ।

ती व्यक्तिको नाम रोबी म्याकमिलन हो । उनी पेशाले डीजेका साथै बार मालिक पनि हुन् । फेसबुकमा श्रीमती साराको फोटो शेयर गर्दै उनले एउटा पोस्ट लेखेका छन् । जसमा उनले सारालाई किन्दाको फाइदा र नोक्सानको बारेमा समेत बताएका छन् ।

रोबीले उक्त पोस्टमा लेखेका छन्– ‘श्रीमती बिक्रिमा । वर्षभरीको क्रममा एभरेज भन्दा बढीको कन्डिसन, अद्भूत हेडलाइट, फ्लिप पेन्टवर्क, जून हप्ताभरी व्हाइट रहन्छ तर वीकेन्डसमा अरेन्ज रंगको हुन्छ । टायरहरु राम्रा छन् । १०० जोर साथमा प्राप्त गर्न सकिन्छ ।’

‘हरेक विहान एक्जस्टबाट दुर्गन्द आउँछ, तर झ्याल खोल्नासाथ दुर्गन्द हट्छ । जब मेरो साथ हुन्छिन्, स–साना आन्तरिक कलह हुन्छ । पछिल्लो महिना त एकदम खराब रह्यो । उनी कोरस लाइट र ककटेल बिना चल्दिनन् । उनलाई टप–अप गरिरहनु भयो भेन ड्रिङ्क्को हरेक गिलासका लागि सुन्दर मुस्कान दिन्छिन्,’ उनले लेखेका छन् ।

यद्यपि, उक्त पोष्टमा लिस्टिङ प्राइस भने छैन । तर पनि केही मानिसले उनको उक्त विज्ञापनका लागि सोधपुछ गरेको रोबी बताउँछन् । रोबी भन्छन् – ‘यो केवल एउटा ठट्टा मात्र हो, हामी दुबै संगै हाँस्छौं । उनी कहिले पनि विक्रिका लागि थिइनन् । उनी त लाखौंमा एक छिन् ।’

‘जब सारा साथीहरुसंग छुट्टि मनाउनका लागि गएकी थिइन् । उनी त्यहाँ ड्रिङ्क्स बनाउन व्यस्त थिइन्, तब मैले केही रमाइलो क्षण बनाउने सोचेँ । हामी २० वर्षदेखि संगै छौं, उनलाई मेरा त्यस्ता पोस्टहरुका बारेमा थाहा छ,’ रोबीले भनेका छन् । र

यो जोडी बेलायतको एसेक्सका बासिन्दा हुन । तर अहिले उनीहरु प्यूर्टो रिको डी गे्रन केनरियामा बसोबास गर्छन् । दुबैका दुई सन्तान पनि छन् । श्रीमान्को पोस्ट देखेर सारा भन्छिन् – ‘उनी एकदम जिद्दी स्वभावका छन् । मैले जब उनको पोस्ट देखें, म धेरै हाँसें, किनभने मलाई उनका यस्ता गतिविधिका बारेमा थाहा छ । उनी एक प्र्यांकस्टार हुन् । हुनसक्छ, त्यो समयमा उनले मलाई धेरै मिस गरिरहेका थिए ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ