२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अक्षयको पृथ्वीराजलाई पहिरन जुटाउनै दुई वर्ष

२०७९, १२ जेष्ठ बिहीबार ०२:०४

जेठ १२, काठमाडौं | अभिनेता अक्षयकुमार ऐतिहासिक फिल्म ‘पृथ्वीराज’लाई लिएर निकै चर्चामा छन् । यो फिल्म ३ जुनमा रिलिज हुँदैछ । यो फिल्मका कलाकार फिल्म प्रमोसनमा व्यस्त छन् ।

यो एक कालखण्डको फिल्म हो, जसमा सम्राट पृथ्वीराजको शोर्य गाथालाई देखाइएको छ । तर, यो फिल्मको छायांकन गर्न त्यति सजिलो भने थिएन । किनकी कुनै पनि ऐतिहासिक कालखण्डको कथालाई फिल्ममा देखाउदा त्यसको कथाले दर्शकलाई छुवाउनेदेखि लिएर त्यसको पृष्ठभूमि र ९ सय वर्ष पुरानो भारत देखाउन आवश्यक थियो । जसका लागि निर्मातादेखि प्राविधिक सबैले निकै पसिना बगाउनु नै परेको थियो ।

यो फिल्ममा १२ औं शताब्दीको दिल्ली, कन्नौज र राजस्थान देखाउन त्यति सजिलो थिएन । त्यो समयमा भारत कस्तो थियो भन्ने सबैमा चासो थियो । त्यही चासोलाई पुरा गर्न फिल्मकर्मीले निकै मिहिनेत गरेका थिए । फिल्मकै लागि करोडौंको लागतमा सेट बनाइयो र त्यही सुटिङ पुरा भयो ।

तर निर्माताहरुलाई सेटभन्दा पनि बढी तनाव कलाकारको पहिरनले दियो । किनकी फिल्ममा अलगअलग प्रान्तका मानिस देखाइनुपर्ने थियो । त्यहीकारण ती प्रान्तका मानिससँग जोडिएर पहिरन डिजाइन गर्नुपर्ने थियो । तर राजस्थानको धौलपुरमा बस्ने सञ्जीव राज परमारले यो काम पुरा गरे ।

फिल्मका लागि चाहिने आवश्यक कपडा, आभुषण कस्तो हुनेछ भनेर सञ्जीवले करिब ६ महिनादेखि यसको अनुसन्धान गरे । उनी विभिन्न स्थानमा पुगे र आवश्यक जानकारी संकलन गरेपछि पहिरन तयारको काम सुरु गरे । जयपुर, जोधपुर, मण्डोर, बीकानेरबाट उनले राजपुत पोशाक तयार पारे । बाडमेर, जेसलमेर, नागोर जस्ता स्थानबाट मोजडी र अन्य केही कष्ट्युम तयार पारे । यो काम गर्न करिब दुई वर्ष लाग्यो ।

फिल्ममा मोहम्मद गौरीको शासनकाललाई देखाइएको छ । यसका लागि निर्देशकलाई अफगानी साम्राज्य देखाउन आवश्यक थियो । पहिरन पनि त्यही समयको चाहिएको थियो । त्यहीकारण निर्माताहरुले काबुलबाट विशेष किसिमको कपडा मगाए । उनीहरुले अफगानी चाँदी मगाएर पनि त्यो समयको गहना तयार पारे । यो गहना मोहम्मद गौरीको लागि बनाइएको थियो । बाँकी अफगानी चरित्रका लागि लद्दाखबाट कपडा मगाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर