१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

१२ जेष्ठ २०७९, बिहीबार ०२:२७

जेठ १२, काठमाडौँ | विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेका हुन् । उनले यो भाइरस नौलो र अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भए पनि सचेत भने हुनुपर्नेमा जोड दिएका छन् ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले आइतबारसम्म १४ देशमा यसको संक्रमण देखिइसकेको, ८० भन्दा बढी संक्रमण पुष्टि भएको र शंकास्पद ५० ’दयगत अनुसन्धान भइरहेको जनाएको छ । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने औंल्याएको छ । डब्लूएचओले यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट भएको पनि जनाएको छ ।

 डब्लूएचओले बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने जनाएको छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने उसले जनाएको छ । डब्लूएचओले संक्रमण भएको खण्डमा ज्वरो आउने, जिउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने, संक्रमण भएको केही दिनमा अनुहारमा बिमिरा देखा पर्न थाल्ने र शरीरका अन्य भागमा फैलिने बताएको छ । यो समाचार राजधानी दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल