नन्दराम जैशी/भदौ १८, जुम्ला । प्रदेश नम्बर ६ अन्तर्गत नगर स्तरीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ १८, जुम्ला । प्रदेश नम्बर ६ अन्तर्गत नगर स्तरीय"/>

2026-10-15 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ नं प्रदेश स्तरीय खुल्ला पुरुष भलिवल रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि जुम्लालाई


नन्दराम जैशी/भदौ १८, जुम्ला । प्रदेश नम्बर ६ अन्तर्गत नगर स्तरीय दोस्रो खुल्ला पुरुष भलिवल रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि आयोजक चन्दननाथ नगरपालिका जुम्लाले जितेको छ । जुम्लामा आज सम्पन्न भएको कालिकोट र जुम्लाबिच फाइनल खेलमा २ का विरुद्ध ३ सेटले विजयि हुदै जुम्लाले उपाधि हात पारेको हो । लिगकम नकाउट चरणबाट खेलाइएको खेलमा कालिकोट र जुम्लाबिच फाइनलमा कडा प्रतिष्पर्धा भएको थियो ।        

 ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेसँगै जुम्लाले १ लाख नगद रकम सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जुम्लाका खेल प्रशिक्षक बरम बहादुर महतका अनुसार कालिकोटले द्धितिय उपाधि बाफत ७५ हजार नगद रकमका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

खेल अवधिभर भर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडि तथा जुम्ला जिल्लाका पुर्व महिला तथा पुरुष राष्टिय खेलाडिलाइ पनि पुरस्कृत गरिएको छ । यस्तै अनुशासित खेलाडीमा कालिकोटका धिर बहादुर शाही, वेष्ट रेजरमा कालिकोटका दिल बहादुर शाही, उत्कृष्ट स्ट्राईकरमा कालिकोटकै खेम बहादुर शाही पुरस्कृत हुनु भएको छ । भने उत्कृष्ट डिफेन्सरमा चन्दननाथ नगरपालिका जुम्लाका लक्ष्मी रावल र सर्बोत्कृष्ट खेलाडीमा जुम्लाका शन्देश शाही पुरस्कृत हुनु भएके छ ।     

 शुक्रबार भएको सेमिफाइनल खेलमा विरेन्द्र नगर नगरपालिका सुर्खेतलाइ हराउदै जिल्ला खेलकुद विकास समिति कालिकोटको टिम र नारायण नगरपालिका दैलेखको टिमलाइ हराउदै चन्दननाथ नगरपालिका जुम्लाको टिम फाइनलमा प्रवेश गरेका थिए । फाइनल खेल शान्त र मर्यादीत रुपमा सम्पन्न भएकोमा स्थानियले खुशि ब्यक्त गरेका छन् । प्रतियोगितामा जुम्ला बासीको सहभागिता उल्लेख्य रहेको थियो । लामो समय पछि जुम्लामा नगर स्तरीय दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिता भएकोले जुम्लाबासीको मोह भविबल प्रति बढ्दो क्रममा रहेको छ ।

 यसैबिच खेल आयोजकले फाइनल खेलपछि भएको औपचारीक कार्यक्रममा कर्णाली आन्दोलनका मृतक तथा घाइतेका परीवारलाइ पनि सम्मान गरेको छ । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता चन्दननाथ नगरपालिका जुम्लाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति जुम्लाको प्राविधिक सहयोगमा र भलिबल संघ जुम्लाको समन्वयमा संचालन भएको हो ।   भाद्र १६ गतेदेखि संचालन भएको प्रतियोगितामा ६ नं. प्रदेश अन्र्तगत ५ जिल्लाका ६ वटा टिमले सहभागिता जनाएका थिए । 

जसमा जुम्लाका २ वटा टिम तथा कालिकोट, जाजरकोट, सुर्खेत र दैलेखका ११ वटा टिमले भाग लिएका थिए । प्रतियोगिता संचालनका लागि कुल १० लाख ८७ हजार रकम खर्च भएको आयोजकले जनाएको छ । भने प्रतियोगिता संचालनका लागि जुम्लाका विभिन्न ब्यापारी तथा निकायले पनि आआफ्नो गक्ष अनुसार आर्थिक रकम सहयोग गरेका थिए ।

 प्रतियोगिताको औपचारीक कार्यक्रम पुर्व बन राज्य मन्त्री भक्त बहादुर रोकायाको प्रमुख आत्यिता तथा चन्दननाथ नगरपालिका जुम्लाका निमित्त कार्यकारी अधिकृत लोकेन्द्र महतको अध्यक्षतामा सम्पन्न भएको खेल संयोजक चेतन बहादुर रावतले बताउनुभयो ।  समापनका क्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय सदस्य मनसुर सुनारले जुमलामा रहेका यस्ता खेलले सबैको व्यक्तित्व विकास हुने बताउनु भयो । 

विषेश अतिथि समेत रहनु भएका उहाँले चन्दननाथ नगरपालिका सभ्यताको प्रतिकको रुपमा विकसित हुनु पर्नेमा जोड दिनु भएको छ । यस्तै भालिबल संघका केन्द्रीय उपाध्यक्ष एैन बहादुर शाहीले मानिसको जीवन संघर्षको प्राय भएकाले भलिबल मार्फत खेलाडिलाइ संघर्ष गर्न आग्रह गर्नुभयो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने