केहि दिन अगाडी क्याप्टेन विजय लामालाई यु.ए.इ मा काम गर्ने एकजना नेपालीले कति पर्छ एउटा प्लेनको, हामी किनिदिन्छौ भन्नुभएछ । 

विजय लामा ज्यु, यो कामको समन्वय हजुरले गरिदिनुहो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केहि दिन अगाडी क्याप्टेन विजय लामालाई यु.ए.इ मा काम गर्ने एकजना नेपालीले कति पर्छ एउटा प्लेनको, हामी किनिदिन्छौ भन्नुभएछ । 

विजय लामा ज्यु, यो कामको समन्वय हजुरले गरिदिनुहो"/>

2026-09-26 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा रहेका नेपालीहरुले किन्छन् नयाँ जहाज, क्याप्टेन विजय ज्यु नेतृत्व लिनुस् !

केहि दिन अगाडी क्याप्टेन विजय लामालाई यु.ए.इ मा काम गर्ने एकजना नेपालीले कति पर्छ एउटा प्लेनको, हामी किनिदिन्छौ भन्नुभएछ । 

विजय लामा ज्यु, यो कामको समन्वय हजुरले गरिदिनुहोस, हामी जुटाउँछौं, प्लेन किन्ने पैसा । प्लेन किन्न समन्धित निकायसंग कुरा गरेर कत्ति पर्छ, एउटा वाइड बडी प्लेनको ? सो रकम उल्लेख गरेर नेपाल एयरलाइन्सको नाममा छुट्टै बैंक खाता खोलिदिनुस । अनि यु.ए.इमा काम गर्ने हामी नेपाली उक्त खातामा पचास डलरदेखि माथि कति सकिन्छ जम्मा गर्छौं । अनि हामीले बैंकमा जम्मा गरेको रसिद अनुसारको रकमको शेयर प्रमाण-पत्र जारि हुने नियम बनाउन लगाउनुहोस । बिना झन्जट चाहिएजति रकम जम्मा हुनेछन् ।

यसमा हजुरको धेरै टाइम पनि खर्च हुँदैन । मलाइ लाग्छ, दस हजार डलरसम्म जम्मा गर्ने नेपालीहरु फेला पार्नुहुनेछ । एक हजार डलर बराबर लगभग नेपाली एक लाखभन्दा बढी हुन्छ । सकिन्छ भने, हामीले गरेको लगानीले हामीलाई पनि केहि फाइदा दिन्छ, यदी सक्दैन भनेपनि देशको लागि दान गर्यौं भन्नेसम्मको दरिलो मन हामीसँग छ । 

यसरी प्लेन किन्दा कसैलाई साँवा पनि तिर्नु पर्दैन र ब्याज पनि तिर्नु पर्दैन । खर्च कटाएर बचेको नाफा अनुसार सेयरको भाउ बढाईदिए पुग्छ । शेयर दातालाई कत्ति प्रतिशत फाइदा दिने अनि नेपाल एरलाइन्सले कति प्रतिशत फाइदा लिने भन्ने कुरा भने बिज्ञहरुको सुझाबका आधारमा तय गर्दा हुन्छ । मलाइ लाग्छ, यसो गर्न सकियो भने सात बर्षमा लगानी उठ्नेछ । अहिले यु.ए.इमा रहेका हाम्रा करिब पाँच लाख नेपालीहरु बोकेर बिदेशी एरलाइन्सले बर्षेनी अरबौ कमाइरहेका छन् । अब हामी आफैले आफ्नै लागि चड्ने जहाज किन्न सक्यौं भने आत्मसम्मान पनि मिल्छ ।

यदि गतिलो नेपाली प्लेन हुने हो भने हामी कुनैपनि नेपाली बिदेशी प्लेन चड्दैनौं । तर नयाँ प्लेन किन्दा भने अर्डर गरेको तीन-चार बर्षपछि मात्र पाइन्छ । धेरै प्लेन भएर चलाउन नसकेर घाटामा गएका कयौं एयरलाइन्सहरु छन् । तिनीहरुले प्लेन हामीलाई तत्काल बेच्न सक्छन । त्यहि प्लेनमा नेपाल एयरलाइन्सको लोगो राखेर पछि पेन्ट गराउदा पनि हुन्छ । तर कमिसन र भ्रष्टाचार नहोस, कारोबार पारदर्शी र विश्वासिलो होस् । प्लेन किन्ने प्रक्रिया हुँदै गर्दा ३ महिना जतिमा त रकम पनि जम्मा भइसक्छ । यो तरिकाले प्लेन किन्न शत प्रतिशत सम्भव छ जस्तो मलाई लाग्छ । साउदी, कतार र मलेसिया बस्ने नेपालीहरुले पनि यसै गरेर प्लेन किनेर आफुले प्रयोग गर्न पाउने गरि चलाउने बाताबरण बन्नेछ । हामीलाई आशा छ क्याप्टेन विजय लामाले यो कामको नेतृत्व लिनु हुनेछ । हामी उनलाई बिश्वास गर्छौं । आउनुस् नेतृत्व लिनुस् हामी पैसा हाल्न तयार छौं । 

मीन बहादुर पण्डित ( दुबईबाट) 

इमेल: [email protected]

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह