भदौ १९,भद्रपुर | सामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९,भद्रपुर | सामा"/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

सबैले गौरव गर्ने कर्मचारीतन्त्र निर्माण गर्छुः सामान्य प्रशासन मन्त्री

१९ भाद्र २०७३, आईतवार ०७:५४

भदौ १९,भद्रपुर | सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले नेपाल र नेपालीले गौरव गर्ने कर्मचारीतन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बुढाथोकीले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रलाई अनुशासित र पक्षपातबिहीन बनाएर गौरव गर्ने बनाउने बताएका हुन् ।

प्रेस क्लव, भद्रपुरको संयोजनमा भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बुढाथोकीले वर्तमान सरकार संविधान कार्यान्वयनको प्रमुख उद्देश्य राखेर गठन भएको जनाउँदै मधेश समस्या र निर्वाचनका कार्यहरु सम्पन्न हुने दाबी गरे । 

उनले संघीय संरचनालाई निर्वाचनले मात्र आधिकारिक रुपमा पूर्णता दिने भन्दै मधेश समस्या समाधान नभई निर्वाचनको बाटो समेत नखुल्ने तर्क राखे । संघीय संरचना अनुरुप कर्मचारितन्त्र तीन चरणमा विभाजन हुने भन्दै बुढाथोकीले राजनीतिक आस्थाका आधारमा विभेद नहुने समेत प्रष्ट पारे । मन्त्री भएपछि प्रथम पटक झापा आइपुगेका बुढाथोकीलाई भव्य रुपमा स्थानीय नेता कार्यकर्ताले स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य