२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा दुबई पठाएर झण्डै अढाइ करोड ठगी गरेको आरोपमा पाँच जना पक्राउ

१६ जेष्ठ २०७९, सोमबार १२:१३

जेठ १६, काठमाडौं | आकर्षक रोजगारी र तलबको प्रलोभन देखाएर भिजिट भिसामा दुबई पठाएर ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाँच जनालाई पक्राउ गरेको छ । हालसम्म ७६ जना पीडितले दुई करोड ४३ लाख ३६ हजार ८१० रुपैयाँ ठगी भएको भनि उनीहरुविरुद्ध लिखित जाहेरी दिएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार लमजुङको राईनास नगरपालिका–३ घर भएका मधुविलास बाँस्कोटा, सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ घर भएका होमबहादुर खड्का, कागेश्वरी मनोहरा नगरपालिका–७ निवासी रञ्जना ढकाल प्याकुरेल, रुपन्देहीको देवदह नगरपालिका–५ घर भएका राजु भन्ने खुमबहादुर बस्याल र कागेश्वरी मनोहरा–७ घर भएका सन्तोष प्याकुरेललाई ठगी आरोपमा पक्राउ गरिएको हो ।


भिजिट भिसामा नेपालबाट दुबई पठाएर दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीज एलएलसीको सञ्चालक कोमलराज उपाध्याय समेतको समूहले ‘आर्मस गार्ड’ मा ५०० जनाको माग भएको, मासिक ३ हजार दिरामसम्म पाउने र सो बापत जनही ३ लाख ५० हजारदेखि ८ लाख रुपैयाँसम्म खर्च लाग्ने भनेर फेसबुक, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालको पेजमा राखेर सर्वसाधारणलाई आकर्षित गरेको ब्यूरोको भनाइ छ ।

भ्रामक विज्ञापन राखेर आकर्षक तलब, सेवा तथा सुविधाको प्रलोभन देखाइ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारण व्यक्तिलाई समेत भिजिट भिसामा दुबई पु¥याएर ९० दिनभित्र काममा लगाइदिन्छु भने पनि काममा नलगाइ बिचल्ली बनाएर निजहरु फरार भएको विवरणसहित पीडितले ब्यूरोमा उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेमा पाँचै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ (ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर) मा अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य