१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवार नै गुमाएपछि अमेरिकामा रहेका छोरा टुहुरो

१७ जेष्ठ २०७९, मंगलवार ०२:०६

जेठ १७, काठमाडौँ | तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू रोजिना र रबिनाले ज्यान गुमाउनु पर्‍यो । परिवारका चारै जनाको एउटै दुर्घटनामा परी ज्यान जाँदा श्रेष्ठको पुर्ख्यौली थलो तिनमाने गाउँ शोकमा डुबेको छ । अध्ययनका क्रममा अमेरिकामा बस्ने गरेका श्रेष्ठका दुवै छोरी रोजिना र रबिना नेपाल आएका बेला मुक्तिनाथ दर्शन गर्ने क्रममा दुर्घटनामा परेका हुन् । गणेशमान श्रेष्ठका एक्ला छोरा रोशन श्रेष्ठ अध्ययनका क्रममा अमेरिकामा टुुहुरो बनेका छन् ।

सो दुर्घटनामा परी ज्यान गुमाउन पुगेका जहाजका सहचालक उत्सव पोखरेलको गाउँ रुकुमको चौरजहारीमा पोखरेललाई चिन्ने जान्नेले निधारमा हात राखेर दुःख व्यक्त गर्न थालेका छन् । २५ वर्षका पोखरेल जिल्लाकै पहिलो पाइलट थिए। तारा एयर उडाउन थालेको एक वर्ष एक महिना नपुग्दै दुर्घटनामा परेर उनको ज्यान गुमेको छ । भाइ पाइलट बनेपछि आफू पनि पाइलट बन्ने रहर बोकेका उत्सवका दाजु उमेश पोखरेल अध्ययनका क्रममा फिलिपिन्समा थिए । नेपालमा भाइको दुर्घटनामा परेको खबर सुनेर उनका दाजु उमेश सोमबार दिउँसो नै नेपाल फर्किएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक