ललित बोहरा । भदौ १९, डडेल्धुरा । नयाँ शक्ति नेपाल जिल्ला परिषद डडेल्धुराले अमरगढी नगर परिषद घोषणा गरेको छ । सनीबार डडेल्धुरा सदमुकाम बसेको नगर भेलाले मोहन बहादर कठायतको संयोजकत्वमा २१ सदस्य नगर कमिटी गठन गरेको नयाँ शक्ति नेपाल जिल्ला परिषद डडेल्धुराले जनाएको छ ।
अन्य सदस्यहरुमा महेश कठायत,पारस जैरु,सन्तोष भट्ट,शैलेन्द्र गुरुङ,भोज शार्की,हेमा सिजाली,टंक प्रशाद अबस्थी,सन्दीप सिजापती,अमीत सिंह,पार्वती सुनार,भरत प्रशाद पन्त ,पुष्कर सिंह ठगुन्ना,भनी राम ओड,धना बोहरा,महेश राज बोहरा,राजेन्द्र जैशी,डम्मरी भट्ट, अरिम सिनाल,र गोपाल घिमीरे रहेका छन।
नगरपरिषद घोषणा कार्यक्रममा नयाँ शक्ती पार्टी नेपाल प्रदेश नं.७का संयोजक लिला भण्डारी, केन्दीय परिषदका सदस्य प्रकाश साउद लगायका अन्य भात्रीसंघगठनका प्रमुख तथा प्रतिनीधीहरुको उपस्थीती रहेको प्रेस सोसाईटी नेपालका केन्दीय सदस्य लक्ष्मी कान्त पनेरुले बताएको छन् ।