2026-09-19 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुइनेटो र ऐना उत्कृष्ट

जेठ १९, काठमाडौं | दशौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२’ मा अन्तर्राष्ट्रिय विधातर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’ र सेकोउ त्राओरी निर्देशित बुर्किना फासोको फिल्म  ‘आई अफ द स्ट्रोम’ले ‘उत्कृष्ट फिल्म अवार्ड’ जितेको छ ।

राजधानीमा मंगलबार सम्पन्न फेस्टिभलमा राष्ट्रियतर्फ कृषा चौलागाईंको फिल्म ‘ऐना’ले ‘उत्कृष्ट लघु चलचित्र’ र माधवराज खरेलको फिल्म ‘कुइनेटो’ले ‘उत्कृष्ट चलचित्र अवार्ड’ पायो । यही फिल्मबाट अभिनेता श्रीदेव भट्टराईले ‘जुरी अवार्ड’ र जीवन पराजुलीले ‘उत्कृष्ट छायाँकार’को पाए ।

महोत्सवमा ‘ऐना’बाट कृषाले क्रिटिक्सतर्फको ‘उत्कृष्ट निर्देशक अवार्ड’ र भुपेन्द्र अधिकारीले ‘उत्कृष्ट सम्पादक’को अवार्ड पोल्टामा पारे । महोत्सवमा ‘उत्कृष्ट निर्देशक अवार्ड’ फिल्म ‘राइज’बाट ऋषिराज आचार्यले, यसै फिल्मबाट अभिनेता गजित विष्टले ‘उत्कृष्ट अभिनेता अवार्ड’, सरिता भारतीले ‘उत्कृष्ट अभिनेत्री अवार्ड’, तुलसीप्रसाद श्रेष्ठले ‘उत्कृष्ट खलनायक अवार्ड’, रिना अवालेले ‘उत्कृष्ट हेयर स्टाईल अवार्ड’ सुरक्षित गरे ।

यस्तै,‘उत्कृष्ट स्कृप्ट राइटिङ अवार्ड’ फिल्म ‘गरिमा’बाट पुरु षोतम बस्नेतले, फिल्म ‘गर्ड आई’बाट केडी प्रसितले ‘उत्कृष्ट सह–अभिनेता अवार्ड’, फिल्म ‘द ब्ल्याक कर्नर’बाट निर्देशक लक्षु गौतमले ‘उत्कृष्ट निर्देशन जुरी अवार्ड’, फिल्म ‘शंका’ बाट सुमन दाहालले ‘उत्कृष्टसोसियल म्यासेज फिल्म अवार्ड’ जिते ।

यस्तै, फिल्म ‘द डटर’बाट राजेन्द्र बजगाईंले ‘उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक अवार्ड’, ‘द डटर’बाटै रेनिश फागोले ‘उत्कृष्ट कलर करेक्सन अवार्ड’, इनु थापाले ‘उत्कृष्ट कस्ट्युम डिजाइन अवार्ड’ र ‘स्टुडेन्ट फिल्म’को प्रतिस्पर्धामा सनोल दासको फिल्म ‘झोल’ उत्कृष्ट भयो ।

तीन दिवसीय फेस्टिभलको समापनमा अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राई, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चेयरपर्सन लायन एवम् अग्रज ब्युटिसियन सोनी कारजित, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले बिजेताहरुलाई अवार्ड प्रदान गरे ।

महोत्सवको निर्णायकहरुमा संगीतकार जुगल डंगोल, अभिनेताहरु प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरी थिए । महोत्सबमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । यी सबै चलचित्र महोत्सबमा प्रदर्शन गरियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो