2026-09-19 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडमा तीन ठुला फिल्मको टक्कर

जेठ २०, काठमाडौं | शुक्रबारदेखि बलिउडमा तीन ठुला फिल्म रिलिज भएका छन् । ती फिल्म हुन्, सम्राट पृथ्वीराज, विक्रम, मेजर । दर्शकको प्रतिक्षित सूचीमा रहेका यी फिल्म एक अर्काबीच व्यवसायिक प्रतिस्पर्धी बनेका हुन् । सबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।

सम्राट पृथ्वीराज 

अक्षय कुमार अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गरेका हुन् । विश्वभर ४ हजार ९ सय ५० पर्दामा एकसाथ रिलिज भएको यो दर्शकको प्रतिक्षित सूचीमा रहेको फिल्म हो । ‘बच्चन पाण्डे’, ‘बेल बटम’ असफल भएपछि अक्षय कुमारले यो फिल्मबाट राहत पाउने आस गरेका छन् । फिल्ममा अक्षय कुमारले सम्राट पृथ्वीराजको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा मिस वल्र्ड मानुषी छिल्लर राजकुमारी संयोगिताको भूमिका छिन् । मानुषीले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । फिल्मले एडभान्स बुकिङबाट ३.४३ करोड कमाएको छ । फिल्मको पहिलो दिनको आम्दानी १३ देखि १५ करोड हुने अपेक्षा गरिएको छ । फिल्म हिन्दी, तमिल र तेलुगूमा रिलिज भएको हो ।

विक्रम 

 साउथ सुपरस्टार कमल हासनको फिल्म ‘विक्रम’ ले पनि राम्रो आम्दानी गर्ने अपेक्षा गरिएको छ । १५० करोडको लागतमा बनेको फिल्म लोकेश कनगराजले निर्देशन गरेका हुन् । फिल्मले अग्रिम बुकिङबाट ११.५५ करोड कमाएको छ । फिल्मले पहिलो दिन ४० देखि ४५ करोडको कारोबार गर्न सक्ने अनुमान गरिएको छ । फिल्म तमिल, तेलुगू, मलयालयम, कन्नड र हिन्दीमा रिलिज भएको छ । 

मेजर

मुम्बई हमलाका शहिद ‘मेजर’ सन्दीप उन्नीकृष्णनको बिषयमा बनेको फिल्म हो । २५ करोडको लगानीमा निर्माण भएको फिल्ममा अदिवि शेषले मेजरको भुमिका निर्वाह गरेका छन् । फिल्ममा शेषको अलवा मान्वरेकर, शोभिता धुलिपाला र प्रकाश राजको पनि मुख्य भुमिका छ । फिल्मको एडभान्स बुकिङबाट कुल २.९० करोड कमाएको छ । फिल्म तेलूगु, मलयालम र हिन्दीमा रिलिज भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो